काठमाण्डौमा २०८५ सहित उपत्यकामा मात्र २५ सय १० संक्रमित पुष्टि, संक्रमितको उपचारमा कठिनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  806 पटक हेरिएको

काठमाण्डौं, असोज २२ ।  

काठमाण्डौं उपत्यका कोरोना संक्रमणले महामारीको रुप लिएको छ । आज उपत्यकामा अहिले सम्मकै सबै भन्दा धेरै २५ सय १० संक्रमित फेला परेका छन् । जस मध्ये काठमाण्डौमा मात्रै २०८५ संक्रमित भेटिएका छन् भने लतिलपुरमा ३२० र भक्तपुरमा १०५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । उपत्यकामा संक्रमणको दर उच्च देखिएसगैँ एक सातामै दश हजार भन्दा बढी संक्रमित बढेका छन् ।
राजधानीका अस्पतालहरुमा अब संक्रमितहरुको उपचार व्यवस्थापन गर्न कठिन हुन थालेको सरकारले बताएको छ ।

उपत्यकामा अहिले सम्मकै धेरै २५ सय १० संक्रमित थपिए, काठमाण्डौमा मात्रै २०८५ भेटिएको हो । उपत्यकामा संक्रमणको दर उच्च देखिएसगैँ एक सातामै दश हजार भन्दा बढी संक्रमित बढेका छन् । राजधानीका अस्पतालहरुमा अब संक्रमितहरुको उपचार व्यवस्थापन गर्न कठिन हुन थालेको सरकारले बताएको छ ।

नेपालमा आज ४३६४ संक्रमित थपिएका छन् । देशभर १८४७३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ संक्रमितको संख्या ९७६९२ पुगेको छ । यही दरमा संक्रमित थपिए अबको २४ घण्टामा नेपालमा संक्रमितको संख्या एक लाख पुग्ने देखिएको छ ।
नेपालमा २६६८४ जना सक्रिय संक्रमित रहेका छन् । संस्थागत आईसोलेसनमा ११७१७ जना रहेका छन् भने बाँकी होम आईसोलेसनमा रहेका छन् । आज २६७५ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । देशभरबाट हाल सम्म ७१ हजार ३ सय ४३ जना कोरोना मुक्त भइ सकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार