हङकङ, असोज २२ ।
गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं महाधिबेशन तथा विश्व सम्मेलनले चुन्ने नयाँ कार्यसमितिका लागि एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष राधिका गुरुङ ‘टीका’ले आइसीसी महिला सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन । एनआरएनए एनसीसी हङकङको दुई नेतृत्व सम्हालिसकेकी गुरुङलाई महिला सचिव पदमा जिताउनका लागि एनआरएनए हङकङले सर्वसम्मत अनुमोदन गरिसकेको छ । ‘मेरो उम्मेदवारी एउटा व्यक्तिको उम्मेदवारी नभएर लामो अनुभव, विनयशिलता, कर्मठ, जोश र उत्साहको साझा उम्मेदवारी हो’ महिला सचिव पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गर्दै गुरुङले भनिन ।
हङकङमा बसोबास गर्ने नेपाली र अन्य मुलका नागरिकहरुसँग सहकार्य र समन्वय गर्दै हङकङमा भइ परिआउने प्राकृतिक विपद टाईफुन, आगलागी जस्ता घटनाहरुमा सहयोग तथा उद्धार जस्ता कार्यहरुको अभियानमा एनआरएनएको बलियो उपस्थिति जनाएकी गुरुङको खोजी एनआरएनए आइसीसीमा बढेको हो ।
एनआरएनएले बिश्वको विभिन्न देशहरुमा गरिरहने सम्मेलनहरुमध्ये चौध बर्ष पश्चात गुरुङको कार्यकालमा एशिया प्यासिफिक ९एशिया महादेश० क्षेत्रीय सम्मेलन हङकङमा गर्न सफल भएको थियो । उम्मेदवारी दिदै गुरुङले आफ्नो ७ बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरेकी छिन । जसमा अनुभवको सदुपयोग, नेपाली नागरिकताको निरन्तरता, गोरखा समानताको आन्दोलन, सम्मानित बैदेशिक रोजगार, महिला सशक्तिकरण, नेपालमा प्राविधिक शिक्षा र युवा पुस्तालाई संस्थामा आवद्धको विषयलाई प्रमुखताका साथ उनले उठाएकी छिन ।
हङकङमा सफल महिला व्यवसायीको रूपमा चिनिने गुरुङ एनआरएन अभियानसँगै सामाजिक कार्यमा लामो समयदेखि सक्रिय छिन् । गुरुङ हङकङमा बसोबास गर्ने नेपाली र अन्य मुलकका नागरिकहरुसँग सहकार्य र समन्वय गर्दै हङकङमा भइपरिआउने प्राकृतिक बिपद (टाईफुन) आगलागी जस्ता घटनाहरुमा आर्थिक सहयोग तथा उद्धार जस्ता कार्यहरुको अभियानमा निरन्तर लागीरहने एक महिला सामाजिक अभियन्ताको रूपमा चिनिन्छन् ।हङकङ सरकारले बिरलै प्रदान गर्ने चिफ एक्जुकेटिभ कमेन्डेसन फर कम्युनिटि सर्भिस पदबीबाट समेत गुरुङ सम्मानित भइसकेकि छन् ।
कोभीड १९ को कारण नेपालका अस्पतालहरुमा अक्सिजन समस्या हुदा गुरुङकै नेतृत्व तथा एनआरएनए हङकङको पहलमा आर्थिक संकलन गरि १३० थान अक्सिजन कन्सन्टेटर नेपालका करिब दुई दर्जन सरकारी अस्पतालहरु र कोभीड आइसुलेसन केन्द्रलाई बितरण गरिएको थियो । हालै १७ लाख थान मास्क नेपालका विभिन्न अस्पतालहरु र विभिन्न सस्था तथा संगठनहरुलाई पनि एनआरएनए हङकङले बितरण गरिरहेको छ ।
ऊनै महिला सचिबका प्रत्यासी राधिका गुरुङ टिकाले निरन्तर नागरिकता समस्या समाधान र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको संरक्षण तथा हितका लागि नीति निर्माण र कार्यान्वयन गर्न नेपाल सरकार मन्त्री तथा उच्च तहका व्यक्तित्वहरूलाई प्रत्यक्ष भेटी अनुरोध गर्दै आइरहेकी छन् ।महिला सचिबमा गुरुङको उम्मेदवारी र बिजयीले बिश्वभर छरिएर रहेका महिला बर्गको मात्र नभई सिङ्गो एनआरएनएको गरिमा र उद्धेश्य प्राप्तिमा ईट्टा थपिने धेरै शुभेच्छुकहरुको आकलन रहेको छ ।
पछिल्लो समय आइसीसी निर्वाचनको प्रचार प्रसारमा व्यस्त महिला सचिबका प्रत्यासी राधिका गुरुङ अध्यक्षका उम्मेद्वार रहेका तिनै जनाको रोजाईमा रहेकी छिन । भिजन अनलाईन न्युजसंग कुरा गर्दै महिला सचिबका उम्मेद्वार राधिका गुरुङले संस्थाभित्र मौलाएको राजनीतिलाई आफुहरूले समयमा नै हस्तक्षेप नगरे गैर आवासीय नेपालीहरूको साझा संस्था पछी राजनीतिक अखडा बन्ने चिन्ता व्यक्त गर्नुहुन्छ ।