नौ जना अभिनेत्रीहरू ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७८’ बाट सम्मानित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  158 पटक हेरिएको


काठमाडौं, असोज २१ । 

कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नौ जना अभिनेत्रहिरुलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७८’ बाट सम्मान गरिएको छ ।रेजिना इन्टरटेनमेन्ट प्रालि र शहीद फिल्मस प्रालिको आयोजनामा घटस्थापनको दिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रमुख अतिथिमा दोस्रो राष्ट्रीय नवदुर्गा सम्मान २०७८ सम्पन्न भएको हो । रेजिना इन्टरटेनमेन्ट प्रालि र शहीद फिल्मस प्रालि घटस्थापनको दिन काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान गर्नुभयो ।

त्यसैगरी मन्त्री भुसालले अभिनेत्री केकी अधिकारी, सुरक्षा पन्त, निता ढुङ्गाना, साम्राज्ञी राज्य लक्ष्मी शाह र उपासना सिंह ठकुरीलाई पनि सम्मान गर्नुभयो । सोही अवसरमा मन्त्री भुसालले समावेशिताका कारण राज्यका सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताउनुभयो ।

उहाँले राज्यका हरेक संरचनासहित अन्य क्षेत्रको नेतृत्व तहमा महिलालाई पुर्याउनका निम्ति भएका ऐन तथा कानुनको कार्यान्वयन गर्न सकारात्मक दबाब दिनुपर्नेमा जोड दिनुभयो । मन्त्री भुसालले नेपाली चलचित्र क्षेत्रमा देखिएका समस्या समाधान गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोनाका कारण बन्दाबन्दी भएर चलचित्र हल बन्द हुँदा पनि राज्यले त्यतिबेलाको बिजुलीको बिल तिर्नुपरेको गुनासो गर्दै त्यसलाई छुट गर्नुपर्ने माग गर्नुभयो ।

कार्यक्रमका केही झलकहरू

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार