
जापान, असोज २१ ।

जापानमा बिहिबार राती १०:४१ मा गएको ६.१ म्यागनीच्युट र ५ इन्टेनसिटी स्केलको भुकम्प गएको छ । भुकम्प ६.१ म्यागनीच्युट र ५ इन्टेनसिटी स्केल भएको भूकम्पका कारण सुनामीको खतरा नभएको मौसम बिभागले जनाएको छ । जापानमा यो भूकम्प १६ वर्ष पछिको पहिलो ठुलो भुकम्प भएको बताईएको छ । मौसम विज्ञान एजेन्सीको प्रारम्भिक जानकारी अनुसार अनुसार भूकम्पको तिव्रता टोकियो र साइतामामा ७ म्यागनीच्युटको मापन गरिएको छ भने भूकम्पको ईपीसेण्टर रहेको चिबामा केन्द्रबिन्दुदेखि ८० किलोमिटरको गहिराईमा रहेको छ। भूकम्पपछि केही रेल सेवाहरु बन्द भएका छन्।
चिवामा केन्द्र बिन्दु रहेको सो भूकम्पको असर जापान भरि नै परेको बताईएको छ । जापानको पश्चिमि क्षेत्रमा भने भुकम्पको असर नपरेको बताईएको छ । NHK का अनुसार, टोकियो र शिजुओकाको बीचमा रहेको तोकाइदोमा शिन्केन्सेन तिव्र गतिको रेल सेवालाई हाल संचालनमा रोक लगाईएको छ । त्यसैगरि अहिले टोकियो मा जेआर यामानोते लगायतका अधिकांश रेल सेवालाई संचालनमा ल्याइएक़ो छैन । रेलसेवा अवरुद्ध हुदा हजारौ मानिस प्रतीक्षारत रहनु परेको छ ।
अर्थ, व्यापार र उद्योग मन्त्रालयका अनुसार, ११ बजेसम्म कान्तो क्षेत्रको विद्युत सम्बन्धी क्षेत्रमा क्षतिको कुनै जानकारी नआएको एनएचके टेलिभिजनको रिपोर्टमा बताईएको छ । तर जानकारी संकलन जारी कार्य जारी रहेको छ।



564 पटक हेरिएको 
















