काठमाण्डौँ उपत्यकामा १६८४ सहित ३४३९ जना कोरोना संक्रमित पुष्टि, १५ जना कोरोना संक्रमितको निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  449 पटक हेरिएको

काठमाण्डौं, असोज २१ ।  

नेपालमा आज अहिले सम्मकै सबै भन्दा धेरै एकै दिन ३४३९ जना कोरोना संक्रमित थपिएका छन् । यो हाल सम्मकै सबै भन्दा उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयदे जनाएको हो । हिजो केही कम देखिएका संक्रमितको संख्या आज पुनः ह्वात्तै बढेको हो । यो सगैँ कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । आज १४ हजार २०९ जनामा गरिएको परीक्षणमा ३४३९ जना संक्रमित फेला परेका हुन् । सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना रहेका छन् ।

त्यस मध्य १० हजार बढी संस्थागत आईसोलेसनमा छन् भने १५ हजार जति होम ईसोलेसनमा रहेका छन् । आज कोरोना जीतेर ११ सय बढी डिस्चार्ज भएका छन् । देशभरबाट ६८ हजार ६ सय ६८ जना कोरोना मुक्त भइ घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाण्डौं उपत्यकामा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । आज उपत्यकामा १६८४ जना संक्रमित थपिएका छन् । यो देशभरी संक्रमित मध्य करीब आधा हो । आज काठमाण्डौमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज १० जना पुरुष र ५ जना महिला गरि १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज काठमाडौँ उपत्यकामा काठमाडौँका ४५ , ५३ , ६४ , ६९ वर्षीया चार पुरुष , काठमाडौँकी ६६ , ७२ वर्षीया दुइ महिला र ललितपुरका ४३ वर्षीया पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

यस्तै आजै मोरंगका ४० , ६० वर्षीया दुइ पुरुष , सिरहाकी ५० वर्षीया महिला , रौतहटकी ७२ वर्षीया महिला , चितवनका ६१ वर्षीया पुरुष , रुपन्देहीका ५५ वर्षीया पुरुष , नवलपरासीका ७६ वर्षीया पुरुष र दांगका ७१ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार