बिदेशमा रहेको क्रिकेटर सन्दिप लामिछाने नेपाल आए, बलात्कारको आरोपमा बिमानस्थलबाटै प्रहरीले पक्राउ गर्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  473 पटक हेरिएको

काठमाडौं, असोज २० ।  

नेपाली क्रिकेटका राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौं आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो ।

उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न नेपाल बाहिर थिए । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । खेल सकिने बितिकै नेपाल फर्कने भनेका लामिछाने १ महिनासम्म बिदेशमा नै रहेका थिए । ईन्टरपोलको माध्यमबाट प्रहरीले फ्लोरिडामा पिछा गरेपछि लामिछाने नेपाल फर्किएका हुन । बिमानस्थानमा लामिछानेले प्रहरीलाई हतगढी नलगाउन गरेको आग्रहलाई भने प्रहरीले अस्वीकार गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार