
फुकुओका, जापान अक्टोबर ०६ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरीएको भलिबल प्रतियोगिताको जानकारी एक टाईसिट तथा पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो।
नेपालका दुर्गम भेगमा पिछडिएर रहेका लोपउन्मुख जातिको सहयोगार्थ जापानको फुकुओकामा नेपाल आदिबासी जनजाती महासंघ क्यूस्यू क्षेत्रीय कार्यसमितिकोआयोजनामा यहि अक्टोबर १२ तारिक हाकाताको सिमिन सेन्टरमा हुन गईरहेको “पहिलो खुल्ला रनिङ्गकप भलिबल प्रतियोगिता–२०१९“ आयोजना हुन गईरहेको यहाँहरुलाई सर्वविदितै छ । उक्त कार्यक्रम सम्बन्धि कार्यसमितिले पहिले नै एक प्रस विज्ञप्ति निकालेर सबैलाई जानकारी गरईसकेको सन्दर्भमा आज अक्टोबर ६ तारिकको दिन फुकुओका, ओहासी स्थित बज्र रेष्टुरेन्टमा टाईसिट कार्यक्रम तथा पत्रकार सम्मेलन आयोजना गरि पहिलो खुल्ला रनिङ्गकप भलिबल प्रतियोगिता–२०१९ सम्बन्धि सम्पूर्ण जानकारी गराएको थियो ।

उक्त टाईसिप तथा पत्रकार सम्मेलनमा फुकुओका स्थित रहेको विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, भलिबल प्रतियोगितामा भाग लिने खेलाडीहरु र पत्रकारहरु समेतको उपस्थितिमा टाईसिट तथा पत्रकार सम्मेलन सम्पन्न गरेको थियो । नेपाल आदिवासी जनजाति महासंघ क्यूस्यू क्षेत्रिय कार्यसमिति फुकुओका जापानको आयोजनामा हाकाताको सिमिन सेन्टरमा हुन गईरहेको उक्त कार्यक्रममा प्रमुख प्रायोजकको रुपमा बज्र रेष्टुरेन्ट रहेको छ ।

त्यस्तै अन्य सह–प्रायोजकमा क्योउदाई रेमिट्यान्स हाकाता, घिसिङ्ग कम्पनि लिमिटेड, ससुराली घर, रेसुङ्गा नेपाली रेष्टुरेन्ट रहेको पनि उक्त कार्यक्रमका उदघोषक तथा महासंघको सचिब सन्तमान शाक्यले जानकारी गराएका थिए । त्यस्तै मिडिया पार्टनरको रुपमा साझा पोष्ट जापान, भिजन अनलाईन न्यूज, बिहानी अनलाईन, हेल्पिङ्गह्याण्ड जापान र मातृसन्देश रहेको पनि जानकारी गराउनु भयो ।

उक्त टाईसिट तथा पत्रकार सम्मेलनमा खेलाडिहरुलाई भलिबल प्रतियोगिताको नियम र भलिबल हुने हल भित्र पालना गर्नु पर्ने नियमहरुको बारेमा पनि जानकारी गराएका थिए । जापानको फुकुओका स्थित नेपालीहरु माझ दशैँको बिचमा हुन लागेको उक्त भलिबलप्रतियोगितामा ११ टिमले खेलमा सहभागि हुने पनि जानकारी गराएका थिए । उक्त ११ टिममा आयोजक जनजाति महासंघ क्यूस्यूको पनि १ टिम रहेको कार्यकममा जानकारी गराएका थिए ।


सम्बन्धित समाचर यो पनि पढ्नुस् ।
