प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ दुई तिहाई बहुमतले पास

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  482 पटक हेरिएको

वुटवल, असोज २० ।   

अन्ततः लामो रस्साकस्सी र आन्दोलनका बिच प्रदेश पाँचको राजधानी दाङको देउखुरीमा राख्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेश सभाको आजको बैठकमा दुई तिहाई मतले उक्त प्रस्ताव पारित भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ। प्रदेश सभाका ८७ जना मध्य ८२ जना मात्र मतदानमा सहभागी भएका थिए । राष्ट्रिय जनमोर्चाका सांसदले मतदान प्रकृयामा सहभागीता जनाएन । प्रदेश ५ को नामकरण पनि गरीएको छ । नाम भने लुम्बिनी प्रदेश राख्ने भएको हो । अबबाट प्रदेश ५ लाई लुम्बिनी प्रदेशबाट चिनीने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार