सभामुख निवासबाटै पक्राउ परे महरा

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  599 पटक हेरिएको

काठमाडौं असोज, १९। बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । हिजो गृह मन्त्रि राम बहादुर थापा बादलको निर्देशन पछी आज प्रहरीले उनलाई आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो ।

महराकै मागअनुसार प्रहरीले उनलाई निजी कारमा राखेर लगेको छ । रातो रंगको गाडीमा गएका उनीसँगै सादा पोसकका प्रहरीहरु खटिएका थिए ।

सुरुमा प्रहरीले उनलाई भ्यानमा लैजान चाहेको थियो । तर उनले निजी गाडीमा जान चाहेपछि प्रहरीले १६ च २९५८ नम्बरको गाडी ल्याएको थियो । तर उनी आफैैंले प्रयोग गर्ने  बा १८ च ४०० नम्बरको निजी गाडीमा गए ।

अब उनलाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने प्रहरी स्रोतले बताएको छ ।

यसअघि आइतबार विहान जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राऊ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो । शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार