प्रदेश २ का मुख्यमन्त्रि लालबाबु राउतद्धारा आज बिश्वासको मत लिदै, जित सुनिश्चित रहेको दाबि

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  564 पटक हेरिएको

जनकपुरधाम, असोज २० ।  

बदलिदो राजनितिक कारणका कारण प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश संसदमा आज विश्वासको मत लिंदैछन् । सत्ता साझेदार जनता समाजवादी पार्टी ९जसपा० फुटेपछि संविधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री राउतले विश्वासको मत पाउने निश्चित छ ।

सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका ८ जना गरी ७९ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् । प्रदेश २ का कुल १०७ सांसदमध्ये माओवादी केन्द्रले तीन जनालाई बर्खास्त गरेपछि १०४ जना सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् ।

लोकतान्त्रिक समाजवादी पाटीले भने मुख्यमन्त्रीको राजीनामा माग्दै प्रदेश सभाको बैठक अवरुद्ध गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार