जापान, असोज २० ।
गैर आवासिय नेपाली संघ, नागोया क्षेत्रीय कार्यसमितिका संयोजक श्याम शितल ज्युले राष्ट्रिय समन्वय परिषद जापानको बिधान संशोधन प्रक्रिया गलत भएको बताएका छन् । हालै क्युशु क्षेत्रमा सम्पन्न गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको साधारण सभामा जुन प्रक्रिया र पद्धतिबाट बिधान हलमा पेश गरियो त्यो नै गलत भएको बताएका हुन । आर्थिक प्रतिबेदन पेश नभई बिधान संशोधनको प्रक्रिया शुरु हुनु पनि बिधान बिपरित कै कार्य भएकोले गलत रहेको बताएका हुन । बिधान संशोधन अगाबै क्षेत्रीय कार्यसमितिहरुसंग आवश्यक परामर्श तथा छलफल बिना नै बिधान संशोधन गरिएकोले क्षेत्रका कतिपय मागहरु बिधानमा समावेश नभएकोले क्षेत्रिय कार्यसमितिका संयोजकहरुको नेतृत्वमा संयुक्त रुपमा थप संशोधनको प्रस्ताब पनि पेश गरिएको बताएका हुन ।
संस्थामा संस्थाको निति नियम भन्दा पनि ब्यक्ति र राजनिति हाबि भएकोले पनि साधारण सभा सबैले सोचेको जस्तो नभएको पनि बताए । संस्थालाई चुस्त दुरुस्त राख्नको लागि यि र यस्ता प्रबृति नहटाईए यस भाबि दिनमा गैर आवासिय नेपाली संघको अस्तित्वमा समेत प्रश्न चिन्ह उठ्ने भएकोले हामी आफु नै सच्चिन् जरुरी रहेको समेत बताए । संस्थाको आन्तरिक बिबाद नै फ्लोरमा ल्याउनु र घर भित्रको बिबाद भित्रै मिलाउन नसक्नु पनि कार्यसमिति कै कमजोरी भएकोले अबका दिनमा यि यस्ता घटना नदोहोर्याउन नेतृत्व आफै सच्चिनु पर्ने बताएका हुन ।
गैर आवासिय नेपाली संघ नागोया क्षेत्रीय कार्यसमितिले कोरोना महामारीका कारण यस बर्ष स्युस्योकु गर्न नसकिएका बिद्यार्थीहरुको सहयोगार्थ जापानका बिभिन्न कम्पनीहरु संग सहकार्य गरेर स्युस्योकु सेचुमेई खाई कार्यक्रम आयोजनाको तयारीमा रहेको पनि भिजन अनलाईन संगको भिजन संबाद कार्यक्रममा बोल्दै उक्त कार्यक्रमको तयारीको बारेमा जानकारी गराएका हुन ।
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला ।