काठमाडौं असोज, १८। चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण दशैं लगत्तै हुने भए पनि कुन दिन काठमाडौं आइपुग्छन् भन्ने औपचारिक घोषणा भएको छैन । तर, उनको स्वागतमा काठमाडौंलाई चिटिक्क बनाउने काम धमाधम भइरहेको छ ।
काठमाडौंको सडक कालोपत्रे गर्ने, धुलो बढार्ने, सडकपेटीमा रंगरोगन गर्ने लगायतका काम धमाधम भइरहेका छन् । मध्यरातमा सडकमा कालोपत्रे बिछ्याउने चटारोसमेत सरकारलाई यहीबेलामा परेको छ ।
आम नेपाली नागरिकहरु दशैंमा रमाइरहका बेला पनि काठमाडौं सिँगार्ने काम रोकिएको छैन । शनिबार फूलपातिको दिन पनि नयाँ बानेश्वर क्षेत्रमा सडकपेटी तथा भित्ताहरु रंगाउने, फ्लेक्स बोर्डहरु राख्ने काममा मजदुरहरुलाई खटाइएको छ ।नेपाल अन्तराष्ट्रीय बिशिष्ठ पाहुनाहरूको भ्रमण ताका मात्र सिगारीने काठमांडौ एकपटक पुन सिगारीदैछ ।
यहाँ भन्दा अगाडी सार्क सम्मेलन ताका र भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी नेपाल भ्रमणको बेला सिगारीएको काठमांडौ पुन सिको भ्रमण हुने भएपछी चाडबाडको बीचमा पनी दिनरात नभनि सिको भ्रमणको सम्भावित क्षेत्र सिगारीएको हो । जनता दशै मनाऊँन गाऊँघर फर्के पनि सरकार भने सिको भ्रमण सफल बनाऊँन तल्लिन छ । नरेन्द्र मोदीको नेपाल भ्रमणको बखत दुई नम्बर प्रदेश सरकारले जनकपूर मन्दिर र आसपासको क्षेत्र सिगार्दा केन्द्रीय संसदमा समेत भष्ट्राचारको आवाज उठेको सन्दर्भमा सिको भ्रमणमा नि ति गतिविधि नदोहोरीएला भन्न सकिदैन ।
बेला बेलामा अन्तरराष्ट्रिय पाहुनाहरु नेपाल भ्रमणमा आउँदा काठमाडौंलाई यसैगरी सिँगारेर चिटिक्क बनाउने गरिएको छ ।