काठमाडौँ , असोज १९ ।
सोमबार १९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । आज १४ जना पुरुष र ५ जना महिला गरी १९ जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा काठमाडौँका २६ , ६५ , ६७ , ७८ , ८१ , ९१ वर्षीया ६ जना पुरुष र काठमाडौँकै ७३ , ८१ र ८३ वर्षीया ३ महिला र ललितपुरका ३ , ७१ , ५५ वर्षीया ३ जना पुरुषले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
यस्तै काठमाडौँ उपत्यका बाहिर सुनसरीका ५५ वर्षीया पुरुष , पर्साका ६५ वर्षीया महिला , सर्लाहीका ४२ , ६९ वर्षीया दुइ पुरुषले पनि कोरोना संक्रमणबाट ज्यान गुमाएका हुन् । यस्तै चितवनका ६५ वर्षीया पुरुष , गोरखाकी ४५ वर्षीया महिला , नवलपरासीपूर्वका ३६ वर्षीया पुरुषले पनि कोरोना संक्रमणबाट ज्यान गुमाएका हुन् ।
आज १९ जना कोरोन संक्रमितको मृत्यु भएसंगै हालसम्म ५ सय ५४ जनाको मृत्यु भइसकेको छ , जुन कुल कोरोना संक्रमितमध्ये ०.६२ प्रतिशत रहेको छ ।