विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल)बाट हाम्फालेर घाईते भएका बिरामीको उपचारको क्रममा मृत्यु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  375 पटक हेरिएको

विराटनगर, असोज १९ ।

विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल)बाट हाम्फालेर घाईते भएका बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालको दुई तलामाथिबाट हामफालेका मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो । गजमेर आईसीयूमा उपचाररत थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक एसपी सन्तोष खड्काका अनुसार गजमेर १७ असोजमा अस्पताल भर्ना भएका थिए ।

फोक्सोमा गम्भीर समस्या देखिएको भन्दै चिकित्सकको सल्लाहमा उनलाई आईसीयूमा भर्ना गरिएको थियो । आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किएका गजमेरले आज ९सोमबार०बिहान ५ः३० बजेतिर दुई तलामाथिबाट हामफालेको जानकारी अस्पतालले प्रहरीलाई गराएको छ ।

एसपी खड्काका अनुसार हामफालेर गम्भीर घाइते भएका उनलाई उद्धार गर्दै उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । गजमेरको उपचारका क्रममा ९ बजेतिर मृत्यु भएको हो । मृत्यु अस्वभाविक देखिएका कारण घटना बारे थप अनुसन्धान थालिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार