पाँचथर, असोज १९ ।
पाँचथर युवा सन्जालको नेतृत्तवमा दुई चरणको आर्थिक सहयोग हस्तान्तरण सम्पन्न भएको छ । पाँचथर जिल्ला भित्र आईपर्ने बिभिन्न सामाजिक तथा आर्थिक समस्यामा परेका पाँचथरबाँसीको हकहित र अधिकारको लागि बिश्वभरि छरिएर रहेका पाँचथरबाँसीलाई एकिकृत गर्दै जिल्लामा आन्तरिक समस्या समाधानार्थ स्थापना गरिएको पाँचथर युवा संजालले बिपदमा परेका तथा आर्थिक समस्यामा परि उपचार गर्न नपाएका दुखि गरिबहरुको लागि आर्थिक सहयोग संकलन गरि हस्तारण गरिएको हो ।
आसा भरोसा र आस्थाको केन्द्र बिन्दु मान्दै यस हाम्रो ग्रुपमा सहयोगको अपिल गर्दै आएका र उत्त मानबिय संबेदनालाइ ख्याल गर्दै अत्यन्त दयनिय आर्थिक अवस्थामा रहेका बिभिन्न महानुभावहरुलाइ यस पाँचथर युवा सँजालको सक्रियतामा तथा सहकार्यमा सहयोग गर्दै आएका पाँचथर युवा संजालका सदस्यले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । त्यसै क्रममा फाल्गुनन्द गाउँपालिका ( २ूइम्वुङका स्थित मातृका नेम्वाङ र शुभकुमारी नेम्वाङको उपचार लागि थप आर्थिक सहयोग पुगोस भनि ९५,५००।– (अक्षरुपी पन्चाननब्बे हजार पाच सय) सहयोग रकम हस्तारण गरिएको जनाएको छ।
यस मानबिय सहयोग अभियानमा सेवा नै धर्म हो भन्ने मुल नाराका साथ र सोचले स्वदेश तथा विदेशमा रहनु हुने महानुभवहरुले आफ्नो खर्च कटौति गरेर मानविय सहयोग गरेकोमा पाँचथर युवा संजालका अभियान्ता सचिन नेम्बाङ्ग सबै सहयोगी हातहरुलाई हार्दिक धन्यवाद ज्ञापन समेत गरे र पाँचथर युवा सँजाल परिवार उक्त सहयोग प्रति आभारी रहेको समेत बताए। सहयोगि दाताहरुले दिनु भएको उत रकम सम्बन्धित विरामीहरुलाइ गाउपालिका अध्यक्ष र नेकपा केन्द्रीय सदस्य विर वहादुर कुरुम्वाङ, अइन्द्र सुन्दर नेम्वाङ ,लगायत इम्वुङका समाजसेवि, वुद्विजिवि युवाहरुको उपस्थितिमा सहयोग आर्थिक रकम दुवै जना विरामीहरुलाइ हस्तान्तरण भएको जानकारी समेत गराएको छ ।
सहयोग मनहरु
यस्तै पाँचथर युवा संजालको नेतृत्तवमा पाँचथर फाल्गुनन्द गा.पा.७ आङ्सराङ निवासी सुरेन्द्र आङ्देम्बे टाकी बुङ कान्छा अचानक प्रेसरको समस्याले केहि समय यता जटिल बिरामी भइ हाल हस्पिटलमा उपचार्थ हुनुहुन्छ । साथै उपचारका लागि आवश्यक आर्थिक अभाव र खर्च धेरै लाग्ने भएको र आफ्नो जायजेथाले बाबाको उपचार गर्न अपुग हुनेभएको कारणले हाम्रो पाँचथर युवा सँजाललाइ आसाको केन्द्र बिन्दु मान्दै आफ्नो बुबाको स्वास्थ्य उपचारका लगि आर्थिक सहयोग को अपिल गर्दै आउनुभएको थियो ।
उत्त कुरालाई मनन गर्दै उहाको बाबाको उपचारको लागि पाँचथर युवा सन्जाल मार्फत हातेमालो गर्दै मानबसेवाको भावनाले सेवा नै धर्म हो भन्ने मुल नाराका साथ स्वैच्छिक तरिकाले मनकारी तथा सामाजिक सेवाको भावनाले भरिपुर्ण महानुभावहरु सँग संकलन गरी सुरेन्द्र आङदेम्बे टाकी बुङ कान्छा उपचार्थ सहयोग सङ्कलित रकम रु.२६२००।– (अक्षरुपी छबिस हजार दुईसय) मात्र हाम्रो पाँचथर युवा सन्जाल मार्फत सन्जालका सक्रिय सदस्य प्रेम प्रकाश कुरुम्बाङ,सागर नेम्बाङ र छबि खतिवडाले सम्बन्धित बिरामिका छोरा गणेश कुमार आङदेम्बे लाइ रकम हस्तान्तरण गरिएको पनि संजालका अभियान्ता सचिन नेम्बाङ्गले भिजन अनलाईन न्युजलाई फोन मार्फत जानकारी गराउनु भयो । आफ्नो ब्यस्तताको बाबुजुत समय मिलाएर हस्तान्तरण गर्नका निमित्त समय दिने र हाम्रो अभियान लाइ साथ र सहयोग गर्नु हुने महानुभावहरुलाई पाँचथर युवा संजाल परिवारद्धारा हार्दिक धन्याबाद ब्यक्त गरेका छन ।
सहयोग मनहरु

