जापानको १०० औं प्रधानमन्त्रीका रुपमा किशिदा निर्वाचित, आजबाट औपचारिक जिम्मेवारी सम्हाले

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  698 पटक हेरिएको

जापान, असोज १७ । 

जापानको नयाँ प्रधानमन्त्रीका रुपमा फुमिओ किशिदाले औपचारिक जिम्मेवारी सम्हालेका छन्। लिबरल डेमोक्रेटिक पार्टीका अध्यक्ष ६४ वर्षीय किशिदा जापानको नयाँ प्रधानमन्त्री बनेका हुन ।सोमबार प्रतिनिधि सभा र हाउस अफ काउन्सिलरको असाधारण सत्रमा किशिदा जापानको नयाँ प्रधानमन्त्रीमा बनेका थिए ।

किशिदा जापानको राजनीतिक ईतिहासमा १०० औं प्रधानमन्त्री हुन् । डाइटका दुबै कक्षका सांसदहरूले मुख्य सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नवनिर्वाचित नेतालाई मतदान गरेका थिए । किशिदाले संसदको तल्लो सदनको ३११ मत पाएका थिए । यो संख्या बहुमत भन्दा ८० मतले बढी हो । उनले माथिल्लो सदनमा १४१ मत प्राप्त गरे, जुन बहुमतको लागि आवश्यक भन्दा २० मत बढी थियो ।

६४ वर्षीय राजनैतिक अनुभवी सुगा योशिहिदे जो निवर्तमान प्रधानमन्त्री हुन् उनले एलडीपी नेताको रूपमा पुनः चुनावमा भाग नलिएपछि किशिदाले अन्य चार प्रतिस्पर्धीलाई हराउँदै बाजी मारेका हुन् । सत्ताधारी एलडिपीको ३० बर्षे ईतिहाँसमा पहिलो पटक कोचिकाई समुहबाट प्रधानमन्त्री चुनिएको हो । त्यो गुटबाट अन्तिम पटक मियाजावा किची प्रधानमन्त्री बनेका थिए ।

जापानको १००औ प्रधानमन्त्रीको रूपमा किशिदा फुमीयोले सोमबार पदभार ग्रहण गरेकै दिन संसदको तल्लो सदनको निर्वाचनको मिति घोषणा गरेका छन । संसदको शक्तिशाली तल्लो सदन प्रतिनिधि सभाको लागि निर्वाचन अक्टोबर ३१ मा हुने तय भएको किशिदा निकट स्रोतलाई उदृत गर्दै जापानी समाचार माध्यमहरूले जनाएका छन ।
लिबरल डेमोक्रेटिक पार्टीको गठबन्धनमा बहुमत रहेको तल्लो सदनलाई आगामी हप्ता भंग गर्ने योजना किशिदाको रहेको बताईएको छ । सोमबार तल्लो सदनको विशेष अधिवेशनबाट उनी प्रधानमन्त्रीमा चयन भएका हुन ।

यसरी संसद भंग भएमा सांसदको वर्तमान कार्यकाल अब एक हप्तासम्म मात्र हुने छ । किशिदाले कोरोना महामारीबाट घरेलु र बिश्वव्यापी चुनौतीलाई सामनाका लागि व्यवस्थित योजनाबद्व कार्य गर्न आम निर्वाचन गर्नु उपयुक्त हुने किशिदालाई लागेकोले यसो गरेको बताईएको छ ।

किशिदाले आगामी शुक्रवार आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सम्बोधन गर्ने अपेक्षा गरिएको छ तर अक्टोबर ३१ मा चुनाव गराउन तल्लो सदन भंग गर्ने सोचमा रहेको जापानी मिडियाले जनाएको छन । पर्यवेक्षकहरूले प्रारम्भिक चरणमा उनको पार्टी र मन्त्रिपरिषद्को ताजा जनादेश लिन र समर्थन जुटाउनको लागि यो कदम चालिएको बताईएको छ। एलडीपी गठबन्धनका मुख्य प्रतिनिधि यामागुची नत्सुओले भने नया प्रधानमन्त्रीले आफ्नो नीतिगत भाषण गरेपछि तल्लो सदन धेरै दिन नराख्दा उपयुक्त हुने भएकोले संसद भंग गरिन लागेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार