जापान, असोज १७ ।
नेतृत्वमा इमान्दारिता,निर्णयमा पारदर्शिता सक्षम,सबल र साझा एनआरएनए बनाउने योजनासहित एनआरएनए आइसीसीको सचिब पदमा जापानबाट टंकप्रसाद गैरेले सचिव पदमा औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । बिभिन्न औपचारिक कार्यक्रम लगायत सामाजिक संजालमार्फत एनआरएनए आईसिसिका सह–कोषाध्यक्ष समेत रहेका गैरेले आफ्नो उम्मेद्धारी घोषणा गरेका हुन ।
अध्यक्षको उम्मेदवार राजेन्द्रकुमार शर्माको उम्मेद्धारी घोषणा सभामा समेत स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने, प्रवासी नेपालीहरूलाई एउटै छानामुनी केन्द्रित गर्दै भाइचाराको सम्बन्ध विकास गराई प्रवासमा बस्ने नेपालीहरूको साझा संस्थाको रूपमा विकास गराउने कार्यमा क्रियाशील रहने छु । शुभकामना मन्तव्यसहित आफनो उम्मेदवारी घोषणा गर्दै गैरेले भने(सचिवलाई विधान र व्यावहारिक रूपको दिएको ज़िम्मेवारी र अधिकार अनुसार अध्यक्षको उम्मेदवार राजेन्द्रकुमार शर्माले राखेका बाचापत्र कार्यान्वयनमा दत्तचित्त भएर लाग्ने छु ।
हाल सह कोषाध्यक्ष पदमा कार्यरत रहदा एनआरएनएको आर्थिक पारदर्शितालाई ध्यानमा राखेर मासिक रूपमा आर्थिक प्रतिवेदन सार्वजनिक गर्न विशेष भूमिका निर्वाह गरेको, संस्थाको मुख्य कार्यालयको भौतिक संरचनालाई बालमैत्री र अपांगमैत्री बनाउन नेतृत्वदायी भूमिका खेलेको सो अवसरमा उनेले बताए । संस्थाको भवनलाई बालमैत्री र अपांग मैत्री बनाउन नियमसंगत रूपमा लिफ्टको व्यवस्था गर्न मैले अग्रसरता लिइ कार्य सम्पन्न भएको छ । गैरेले भने( सङ्घका नियमित रूपमा हुने बैठक, सेमिनार, गोष्ठी अनि सभा सम्मेलन गर्न कार्यालयमा नै आवश्यक सामग्री व्यवस्थापन र मर्मतसंहारमा देखिने गरि काम गरेको छु ।
एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरूको आवाज बुलन्द बनाउन, सम्पूर्ण पञ्जीकृत सदस्यले नै आइसीसीको निर्वाचनमा मताधिकार गर्न पाउनु पर्ने नीतिको तर्जुमा गर्न आगामी कार्यकालमा सचिवको भूमिकामा आउन लागेकोले मत दिएर सहयोग गर्न सम्पूर्ण महाधिवेशन डेलिगेट्सहरूमा उनले अनुरोध समेत गरे ।