एनआरएनए एशिया प्याशिफिक क्षेत्रीय संयोजक पदमा जापानबाट शिब प्रसाद पौडेलको उम्मेद्धारी, मतदान गरिदिन अपिल

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  164 पटक हेरिएको

जापान, असोज १७। 

“एनआरएनएको समन्वय हुनेछ एनएसीसी आइसीसी बिच प्रभावकारी, उत्तरदायित्व र जवाफदेहितासहितको मेरो उम्मेदवारी” भन्ने विश्वासका साथ जापानबाट शिवप्रसाद पौडेल एशिया प्यासिफ़िक क्षेत्रीय समितिको संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन्। दृढ़ संकल्प मेलमिलाप अभिवकत्वले एनआरएनए जापानलाई अब्बल बनाउन सफल रहेको र एसिया प्यासिफ़िक क्षेत्रीय समितिलाई पनि एनआरएनएका क्षेत्रीय समिति मध्यकै उकृष्ट र नमूना योग्य बनाउने संकल्पका साथ संघको आगामी निर्बाचनमा एशिया प्यासिफ़िक क्षेत्रीय संयोजकमा पौडेलले उम्मेदवारी दिने घोषणा गरेका हुन ।

प्रवास र मूल थलोलाई जोड़ने सेतु हो एनआरएनए । तपाईहरु सबैको साथ सहयोग र सल्लाहमा मैले एनआरएन जापानका विभिन्न पदमा काम गर्दै आई २०२१-२०२३ कार्यकालमा एनएसीसी जापानको नेतृत्वमा रहदा जुन साथ सहयोग र मायाले एनआरएनएको छविलाई उचाइमा पुर्याउन सके त्यो मेरो मात्र नभएर पूर्ण त तपाईहरूको सत्भाव र विश्वासले गर्दा सम्भव भएको हो । जहिले जहिले एनआरएनएको भूमिकामा रहे त्यहि त्यहिले त्यहिले आफ्नो जिम्मेवारीलाई तपाईहरुको बिश्वास र आकांक्षा अनुसार निर्वाह गरेको छु भन्ने ठान्दछु।

जापानको दुई दशक लामो बसाईं र २०११ देखिको एनआरएनएमा एनसीसी जापानमा रहदा अनुभबको आधारमा नै हुनुपर्छ मेरा धेरै समर्थक, शुभचिन्तक, साथीभाई, अग्रजहरुको सुझाव अनुसार “म, मेरो एनआरएनए र मेरो नेपाल” को मान्यताको साथ ११ औ विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको महाधिवेशनमा मैले एशिया प्यासिफिक क्षेत्रीय संयोजक (आरसी) पदका लागि उम्मेदवारी दिएको हुँ ।

एशिया प्यासिफिक देशमा रहेका एनएसीसी लाई सक्रियतापूर्वक एनआरएनएको उदेश्य प्राप्तिका लागि चलायमान गर्ने र ती मुलुकहरु जहाँ नेपालीहरु अन्य संस्था मार्फत आफ्ना क्षेत्रीय, जातीय, धार्मिक गतिविधिहरु गरिरहनु भएको छ तर एनआरएनएको अभियानमा नसमेटिएकाहरूलाई समेट्ने प्रमुख कार्यभार मेरो हुनेछ । एनएसीसी र आइसीसी बीच हुने असमझदारीलाई न्यूनीकरण गरि कार्यसम्पादन प्रणालीको बिकास गराउन समन्वयकारी भूमिका मेरो हुने छ ।

यसका निम्ति आगामी दिनहरुमा अझ बढी क्षेत्रीय समन्वय गर्दै एजेन्डाका आधारमा आपसी छलफल चलाउने र अव यो संस्थालाई अझ सफल र सवल रुपमा नेपाल सरकारसंग तथा अन्य एनआरएनएसंगको सहकार्यमा अझ मजबुत बनाउनु आजको आवश्यक्ता हो भन्ने मलाई लागेको छ ।यी लगायत मेरा १० बुँदे एजेण्डाको कार्यान्वयनका लागि र एनआरएनएको अभियानलाई यस क्षेत्रमा अझ सशक्त बनाउन मलाई मतदान गरि विजयी बनाई दिनु हुने विश्वास मैले लिएको छु । एनआरएनएको अभियानका निमित्त मेरो जित संस्थाको पनि जित हुनेछ। एनआरएनकै पहलमा प्राप्त हाल सम्मका उपलब्धीहरुलाई कार्यान्वयन गर्नका लागि एशिया प्यासिफिकको भूमिका अहम् रहन्छ। तसर्थ मेरो सामाजिक सेवाको लामो अनुभव तथा एनआरएनए जापान भित्र रहेर पदीय दायित्व सहितको अनुभवका आधारमा सम्पूर्ण प्रतिनिधिहरुले अमुल्य मत दिई बिजयी गराइदिनु भै यहि एनआरएनएको अभियान मार्फत सामाजिक सेवा गर्ने अवसर प्रदान गरिदिनु हुन हार्दिक अपिल गर्दछु।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार