कांग्रेसको काठमाडौं महानगर सभापतिमा नीलकाजी विजयी, संस्थापन पक्ष हारे

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  272 पटक हेरिएको

काठमाडौं, असोज १७ ।   

नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आइतबार भएको मतदानमा मतगणनामा प्रकाशमान सिंह-गगन थापा समूहको प्यानल नै विजयी भएको छ ।

नगर सभापतिमा निर्वाचित शाक्यले ७८६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन समूहका उम्मेदवार प्रगतिमान रञ्जितले ३२९ मत मत पाए । उपसभापतिमा सन्तकुमार महर्जन र सुशीला ढकाल, सचिवमा सुशन बैद्य र पुरुषोतम खकुरेल तथा सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार