काठमाण्डौं, असोज १७ ।
नेपालमा आज देशभार गरी २१ सय २० संक्रमित पुष्टि भएका छन् । देशभर १२ हजार ९७८ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या ८४५७० पुगेको छ । सक्रिय संक्रमित २१ हजार ३०२ रहेको छ । आज २०४४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यो सगैँ कोरोना मुक्त हुनेको संख्या ६२७४० जना रहेका छन् ।
काठमाण्डौं उपत्यकामा आज हिजोको तुलनामा केही कम संक्रमित फेला परेका छन् । आज उपत्यकामा ११७७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उपत्यका भित्र काठमाण्डौमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । देशभर दिनहुँ थपिने संक्रमित मध्य आधा जति उपत्यकाका मात्रै रहने गरेका छन् । यसले कोरोनाको नयाँ केन्द्र काठमाण्डौं उपत्यका बन्ने देखिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन भिडियो हेर्न तल क्लिक गर्नुहोला ।