असोज, बुटवल १७ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलले प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले शुक्रबार सरकारले पेश गरेको उक्त प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले प्रदेश राजधानी दाडको देउखुरीमा बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा लगेको थियो । उक्त बिषयमा आज बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै प्रस्तावको पक्षमा उभिन ह्वीप लगाएको छ ।
आजको बैठकमा रुपन्देहीका केही सासदहरुले बुटवल नै ठिक भएकाले दाङमा तोक्नु गतल भएको बताए पनि अन्नतः पार्टी निर्णय मान्नुपर्ने अवस्था आएकोले उनीहरुको बिरोधको औचित्य समाप्त भएको छ । प्रदेश ५ मा नेकपाकै सरकार रहेको छ भने संसदमा पनि बहुमत नेकपाकै रहेको छ । प्रस्ताव पास गर्न दुई तिहाई बहुमत आवश्यक हुन्छ । त्यसका लागि ८७ सांसदमध्ये ६१ सांसद नेकपा छन् । नेपाली काँग्रेसले भने उक्त प्रस्तावको बिरोध गर्दै आएको छ ।