बलात्कार आरोपित महिला रोशनिको पतिसंग सम्बन्धबिच्छेद

प्रकाशित:  1085 पटक हेरिएको

काठमाडौं, असोज, १६ । सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाउने महिला रोशनी शाहीले आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरेकी छिन् ।


उनका पति चित्रजंग शाहीका अनुसार उनी र पत्निबीचको सम्बन्ध सहमतिमा विच्छेद भएको हो ।


उनीहरुले सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षेर गरेका छन् ।


‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौा । कानुनी प्रक्रिया निरन्तरताका साथ’ सम्बन्ध विच्छेद पत्रमा भनिएको छ ।


उक्त पत्रमा रोशनी शाही र उनका पति चित्र जंग शाहीले हस्ताक्षेर गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार