जापानमा कानागावा केनमा कोरोना संक्रमणबाट थप एक नेपालीको उपचारको क्रममा निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  413 पटक हेरिएको

जापान, असोज १६ ।  

जापानको कानागावा केनको होदोगाया बस्ने नेपालको नवलपुर गैंडाकोटका केदार शर्माको कोरोना सक्रमणका कारण मृत्यु भएको छ । कृष्ण बहादुरको नामले परिचित शर्मा नाका मेगुरोको नेपाली इण्डियन रेष्टुरेण्टमा कार्यरत थिए । ४० वर्षीय शर्मा एकहप्ता अघिदेखि कोरोना संक्रमित भै चुर्मीको एक अस्पतालमा उपाचारको क्रममा शनिवार मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट ग्रसित मृतक शर्माको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । जापानमा कोभिड १९ कोरोना संक्रमणबाट निधन हुने शर्मा तेस्रो ब्यक्ति हुन । यसअघि पनि २ ब्यक्तिको कोरोना संक्रमणबाट निधन भएको थियो । जापानमा बिभिन्न कारणले नेपालीहरुको ज्यान गईरहेको छ । केहि दिनको अन्तरालमा मात्र जापानमा ४ जनाको निधन भईसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार