काठमान्डौ असोज, १५ । २०७२ बैशाख १२ गते गएको ७.५ रेक्टरस्केलको महाभूकम्पबाट क्षतबिक्षत भएको नेपालको निजी आवास, बिध्यालय भवन, पुरातात्विक संरचना तथा सरकारी भवनहरुको पुनर्निर्माण हालसम्म पनि सकिएको छैन । भूकम्प पछीको क्षति र तत्पश्चातको पुनर्निर्माणको लागी नेपाल सरकारले अन्तराष्ट्रीय समुदायसंग सहयोग मागदई आर्थिक सम्मेलन गरेका थिए ।
उक्त समय विभिन्न देशका प्रतिनिधि र राजदूतहरुको उपस्थितिमा आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । पछी सहयोगदाताहरूबाट आफुले क़बूल गरेको आर्थिक सहयोग रकम समयमा उपलब्ध नगराउने गर्नाले पुनर्निर्माण समेत प्रभावित भएको थियो । हालसम्म पनि आर्थिक अभावको कारण भूकम्पबाट क्षति भएको बिध्यालय भवनहरू पुनर्निर्माण सम्पन्न गर्न सकेको छैन ।हिजो मात्र नर्बे सरकारबाट बिध्यालय पुनर्निर्माणको लागी आर्थिक सहयोग प्राप्त भएको राष्ट्रीय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक शूशिल ज्ञवालीले सामाजिक संजाल मार्फ़त जानकारी गराएका छन । हिजो एक कार्यक्रमका बीच दुई देशबीच आर्थिक सहयोग समझदारी पत्रमा हस्ताक्षर भएको बताउनु भयो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनओपिएस बीच नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगपत्रमा दुई पक्षीय समझदारी भई आर्थिक सहयोग गरेका हून । उक्त सहयोग रकम भूकम्प प्रभावित सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा २४ वटा विद्यालय पुनर्निर्माणका लागि खर्च गर्ने पनी जानकारी गराउनुभयो ।
सम्बन्धित समाचार यो पनि पढ्नुस् ।