काठमाडौँ , असोज १६ ।
पछिल्लो २४ घण्टामा देशभरबाट ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । शुक्रबार ४ महिला र ७ पुरुष गरी ११ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार आज काठमाडौँ उपत्यकामा भक्तुरकी ५१ र ६१ वर्षीया दुइ महिला , ललितपुरका ३२ , ७० वर्षीया दुइ पुरुष र काठमाडौँकी ६७ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
यस्तै आज उपत्यकाबाहिर मोरंगका २७ वर्षीया पुरुष , मकवानपुरका ७८ वर्षीया पुरुष रुपन्देहीका ६० वर्षीया पुरुष , बाँकेका ५२ र ५९ वर्षीया दुइ पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार हाल सम्म ५ सय २० जना कोरोना संक्रमितले आफ्नो ज्यान गुमाएका छन् । यस्तै कुल संक्रमित मध्य ०।६५ प्रतिशतको निधन भइसकेको छ ।