उपत्यकामा सबै भन्दा बढि १६ सय ३८ सहित देशभर २७ सय २२ कोरोना संक्रमित पुष्टि

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  375 पटक हेरिएको

काठमाण्डौं, असोज १६ ।  

नेपालमा हाल सम्मकै सबै भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । १४७३९ जनामा गरिएको परीक्षणमा २७२२ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर हाल सम्म संक्रमितको संख्या ८२ हजार ४५० संक्रमित पुगेका छन् ।
यस मध्य २१२३४ सक्रिय संक्रमित रहेका छन् । हाल सम्म ६० हजार ६ सय ९६ जना कोरोना मुक्त भएका छन् । आज मात्रै ३३ सय ७ जना कोरोना मुक्त भएका छन् ।

उपत्यकामा आज सबै भन्दा बढि १६ सय ३८ संक्रमण पुष्टि

देशको राजधानी र बढी जनघनत्व रहेको उपत्यकामा कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक भएको छ । आज मात्रै हाल सम्मकै सबै भन्दा धेरै उपत्यकामा १६३८ जना संक्रमित थपिएका छन् ।  त्यस मध्य काठमाण्डौमा मात्रै १२ सय ८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना संक्रमित थपिएका छन् ।  .

उपत्यकामा दिन दिनै बढ्दो कोरोना संक्रमण र संक्रमितहरुलाई अस्पतालमा व्यवस्थापन गर्न नसकिएको र कन्ट्याक्ट ट्रेसिङ पनि हुन नसकेकोले चिन्ता बढेको पाईएको छ । आज देशभर २७२२ जना संक्रमित थपिएका थिए । यस अघि हजार भन्दा कम संक्रमित देखिएको उपत्यकामा आज एक्कासी अत्याधिक संक्रमित फेला परेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार