काठमांडौ असोज, १४ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपमाथि प्रहरीले अनुसन्धान सुरू गरेको छ। प्रहरीले घटनास्थलमा फेला परेका सबै प्रमाणलाई नियन्त्रणमा लिएर प्राविधिक अनुसन्धान थालेको प्रहरी स्रोतले जानकारी दियो।
स्रोतका अनुसार प्रहरीले घटनास्थलमा भेटिएको रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा र रक्सी खान प्रयोग भएको दुई वटा गिलास नियन्त्रणमा लिएको हो।नियन्त्रणमा लिइएका सामाग्रीलाई आवश्यक प्राविधिक परीक्षण सुरू गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना भएको आईतबार साँझ ९ बजेर ३ मिनेटमा पीडित महिलाले प्रहरीको १०० मा फोन गरेकी थिइन्। त्यसपछि प्रहरी वृत्त नयाँ बानेश्वर (तीनकुने) बाट डिएसपीको टोली पीडित महिलाको घरमा ९ बजेर १९ मिनेटमा पुगेको थियो। प्रहरी घटनास्थल पुग्दा पीडित युवतीले भने अनुसार समाभुख महरा त्यहाँ भेटिएनन्। पीडित महिलाको भनाई अनुसार प्रहरी पुग्दा महरा त्यहाबाट निस्किसकेका थिए।
सम्बन्धित समाचार यो पनि हेर्नु होला ।
त्यसपछि घटनास्थलमा भएका सबै सामाग्री, महिलाको भनाई र घटनास्थलको भिडियो रेकर्ड प्रहरीले लियो। त्यसपछि प्रहरीले महिलालाई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको थियो। महिलाले अहिले नगर्ने भोलि विचार गरौंला भन्दै नमानेको प्रहरी स्रोतले जानकारी गराएको छ ।
यसैबीच घटनाको बारेमा प्राविधिक अनुसन्धान सुरू गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले पत्रकारहरूलाई जानकारी दिएका थिए ।
महराले बुधबार दिउँसो आफूमाथि लागेको आरोपको छानबिन गर्न भन्दै राजीनामा दिएका छन्। उनले मंगलबार उपसभामुख डा.शिवमाया तुम्बाहाङफेसमक्ष राजिनामा पेश गरेका थिए । संविधान र प्रतिनिधिसभा नियवावली २०७५ अनुसार, सभामुखले उपसभामुखलाई राजीनामा बुझाउनुपर्छ। त्यहीअनुसार, सभामुख महराले उपसभामुख डा.तुम्बाहाङफे समक्ष राजीनामा बुझाएका थिए।
उनले उपसभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा भनिएको छ,
सम्बन्धित समाचार यो पनि हेर्नु होला ।
‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’
यसअघि मंगलबार बसेको नेकपाको सचिवालय बैठकले सभामुख महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजिनामा दिन सुझाव दिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानबिन प्रक्रियालाई सघाउनु उचित हुने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
सोमवार साँझ केही सञ्चारमाध्यमहरूले सभामुख महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले जबर्जस्ती करणी गरेको गम्भीर आरोप लगाएको खबरहरू प्रकाशित गरेका थिए। त्यसपछि नेपालको राजनीतिक वृत्तमा तरङ्ग उत्पन्न भएको थियो।
पीडित भनिएकी महिलाको भनाइलाई उद्धृत गर्दै महराले आइतवार राति ती महिलाको डेरामै पुगेर यौन दुर्व्यवहार गरेको दाबी गरिएको थियो। त्यसलगत्तै सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले सभामुख महरालाई लगाएको आरोपको सचिवालयद्धारा खण्डन गर्दै महराको ‘राजनीतिक उचाइ, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र’ भन्दै खण्डन गरेका थिए।
तत्कालीन नेकपा माओवादीबाट दाङ क्षेत्र नं २ बाट संसदीय निर्वाचन जितेका ६० वर्षीय महरा तत्कालीन नेकपा एमाले र माओवादीको समर्थनमा सभामुख बनेका थिए।
पछिल्लो समय पिडीत भनिएका रोशनी शाहीले बुबा जस्तो सम्मानित व्यक्ति महरा सरबाट ममाथि कुनै दुरव्यवहार नभएको स्पष्टीकरण नागरिकखबरसंगको अन्तरबार्तामा भनेका छन । निज शाहिले कर्मचारी समायोजनमा दुर्गम भेगमा नजाने पुन: संसद भवन नै समायोजन मिलाऊँन महरालाई दबाब दिएको पनी भनेका छन । आफैले आरोप लगाऊँने र पुन: आफैले झूठ भन्दै हिडने ति महिला रोशनी शाहीको दोहोरो चरित्रले पुलिस प्रशासन र जनतालाई समेत दुविधामा पारेको छ ।
नागरिकखबरले रोषनी शाहीसँग लिएको अन्तवार्ता ।
डा. सुरेन्द्र के.सीसँग पछिल्लो महरा घटनासँग सम्बन्धित एभरेष्ट नेपालले लिएको अन्तवार्ता