जापान, असोज १५ ।
जापानबाट सर्जक तथा गायक माधव सिग्देलले लोकदोहोरी गीत ‘नेपालतिरै जाम’ गायक तथा सर्जक माधव सिग्देलको अफिसियल युबट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् । जापान आऊदा र यहाँ आईसके पछी आफुले देखे भोगेका यथार्थ सबै परदेशीको भावनासंग मेल खाने दर्शकस्रोता माझ ल्याएको समेत बताए ।
विगत लामो समयदेखि जापानको फुकुओका शहर बस्दै आएका सिग्देलको शब्द, संगीतमा म्युजिक भिडियो सार्वजनिक भएको हो । युवाहरु विदेशीएर भोग्नु परेको यथार्थ घटनालाई चित्रण गरिएको उक्त गीतमा चर्चित गायक राजु ढकाल र गायिका देवी घर्ती मगरको आवाज रहेको रहेको छ । उक्त गीत भने अलि अगाबै रेकर्ड गरीएको तर भिडियो भने अहिले छायांकन गरीएको गायक तथा सर्जक सिग्देलले भिजन संबाद कार्यक्रममा बताएका थिए ।
अभिनय चर्चित मोडल अन्जली अधिकारी र गायक तथा शब्द सर्जक माधव सिग्देल स्वयम्ले गरेका छन् । निर्देशन प्रकाश भट्ट, जापानको छायांकनमा दिपक दिवकोटा, नेपाल छायांकन दुर्गा पौडेल, सम्पादन विष्णु शर्माले गरेका छन् ।
साही भिजन प्रालि द्वारा निर्माण गरिएको भिडियोलाई सर्जक तथा गायक सिग्देलले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला ।