कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक डाक्टरको निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  858 पटक हेरिएको


कर्णाली , असोज १५ ।  

कोरोना भाइरस संक्रमणबाट नेपालमा पहिलो पटक एक चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका(३ घर भएका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
उनी ५९ वर्षका थिए ।

भदौ २९ गते संक्रमण पुष्टि भएका उनलाई श्वास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा असोज १ गते भर्ना गरिएको थियो ।

प्लाज्मा थेरापी विधिका साथै रेमडेसिभरको समेत प्रयोग गरेर उनको उपचार गरिएको भएपनि बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि बिहान ९ बजे उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गरिरहेकै समयमा बिहीबार दिउँसो ३स्१० बजे उनको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा। रविन खड्काले जानकारी दिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार