जापानको सत्तारुढ दल एलडीपीको अध्यक्षमा किशिदा निर्वाचित, अक्टुबर ४ मा प्रधानमन्त्री बन्ने निश्चित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  527 पटक हेरिएको

जापान, असोज १३ ।   

जापानको सत्तारुढ दल लिवरल डेमोक्रयाटिक पार्टी एलडीपीको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिदा निर्वाचित भएका छन । लिवरल डेमोक्रयाटिक पार्टी एलडीपीको निर्वाचन समितिले बुधबार उहाँलाई निर्वाचित भएको घोषणा गरेको हो । जापानका पूर्व विदेशमन्त्री समेत रहेका किशिदाले २५७ मत ल्याएर जित हासिल गरेको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिश्पर्धी तारो कोनोले भने १७० मत मात्र ल्याएको जनाएको छ ।

नव निर्वाचित अध्यक्ष किशिदा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचत भइ प्रधानमन्त्री समेत हुने निश्चित छ । आगामी अक्टुबर ४ तारिखका दिन उहाँ प्रधानमन्त्रीमा निर्वार्चित हुने देखिएको अधिकारीहरुले जनाएका छ । उहाँले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नुहुने छ । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिदाले निर्वाचित हुने मौका पाएको हो । संसदीय दलको नेता नै प्रधानमंत्री रहने व्यवस्था रहेकोले पनि किशिदा भावी प्रधानमन्त्री हुने पक्का भएको हो ।

सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोना भाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेकोभन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने निर्णय गरेका हुन । उहाँ प्रधानमन्त्री भएको झण्डै एक बर्षमै विदा हुन लगेका हुन ।

नवनिर्वाचित अध्यक्षको जन्म टोकियोकै शिबुया सहरमा भएको र हाल किशिदा ६४ बर्षको भएको स्रोतले जनाएको छ । सन् १९९३ देखि प्रतिनिधि सभाको सदस्य रहदै आएका किशिदा सन् २०१२ देखि २०१७ सम्म विदेश मन्त्री बन्नु भएका किशिडा आफ्नो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष समेत रहेर काम गर्दै आएका थिए । जापानको राजनीतिक परिवारका सदस्य किशिदाका बुवा र हजुर बुवा समेत प्रतिनिधि सभाको सदस्य रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार