
धादिंग असोज, १२ । प्रदेश नम्बर ३ स्थित धादिंग जिल्लाको सदरमुकाम नजिक निलकण्ठ नगरपालिका वडा न ११ साबिकको ज्यामरूङ-८ स्थित गोलाभज्याङमा अवस्थित गोलाभज्याङ प्रा. बि. को पुनर्निर्माण सम्पन्न गरी आज एक बिशेष कार्यक्रम गरी स्थानीय तथा बिधालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । नगरपालिकाका मेअर भीम ढुङगानाको प्रमुख आतिथ्यमा बिध्यालय हस्तान्तरण तथा उदघाटन गरेको बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष हीरा बहादुर शाक्यले भिजन अनलाइन न्युजलाई जानकारी गराउनु भयो ।

उक्त बिध्यालय हस्तान्तरण कार्यक्रममा नगरपालिकाका इंजिनीयर, बिध्यालयका प्र.अ. , शिक्षक तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । जाईका नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणसम्पन्न उक्त बिध्यालय जिल्ला कै पुरानो बिध्यालय हो । उक्त श्री गोलाभज्याङ प्राथमिक बिध्यालय बि.स.२०४५ सालमा तत्कालीन नेपाली कांग्रेसका स्थानीय नेता स्व.धन बहादुर शाक्यको अथक प्रयासमा स्थापना भएको थियो । स्थापनाकाल देखी हालसम्म उक्त बिध्यालयमा अध्ययन गरेका बिध्यार्थी देश कै प्रशासनिक प्रमुख, केन्द्रीय मन्त्रालय तथा सिंहदरबार सम्म पुगे पनी बिध्यालयको भौतिक संरचना भने समयसांदर्भिक गतिमा परिवर्तन गर्न सकेक़ा थिएन ।

बि.स२०७२ वैशाख १२ को महाभूकम्पबाट क्षतबिक्षत भएको उक्त बिध्यालय पुनर्निर्माण शुरुआतमा टुकी नेपाल नामक संस्थाले बनाऊँने भने पनि धादिंग जाईकाको जिल्ला भएको कारण अधिकांश बिध्यालय जाईकाले पुनर्निर्माण गरेका थिए । सोही समयमा उक्त बिध्यालय पनि पुनर्निर्माणको लागी शिक्षा मन्त्रालय अन्तरगत गठित केन्द्रीय आयोजना कार्यान्वयन इकाई( शिक्षा) हुदै राष्ट्रीय पुनर्निर्माण प्राधिकरणमा सिफारिस भएको थियो । प्राधिकरण अन्तरगत केन्द्रीय आयोजनाको बजेटमा परेपनि फागुनबाट पुनर्निर्माण हुने भनेको उक्त बिध्यालय पुनर्निर्माण अन्त्यमा जाईकाले नबनाउने भन्दै हात झिकेको थियो । पछी गोलाभज़्याङ युवा क्लबका अध्यक्ष तथा तत्कालीन राष्ट्रीय पुनर्निर्माण प्राधिकरणका कर्मचारी सन्तमान शाक्यको पहलमा पुन: जाईका मार्फ़त बनाउने सहमति गरी काम सुरु भएको थियो ।

पुनर्निर्माण सुरु भएको लामो समय पछी सम्पन्न भएको उक्त बिध्यालय हिजो एक विशेष कार्यक्रम आयोजना गरी निलकण्ठ नगरपालिकाका मेअर भिम प्रसाद ढुङगानाको प्रमुख आतिथ्यमा बिध्यालयका प्र.अ बिष्णुमान शाक्य र बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा बहादुर शाक्य ज्यूलाई संयुक्त रूपमा हस्तान्तरण गरेको हो । अब भने टहरामा पढ़न बाध्य बिध्यार्थीहरूले नया पक्की भवनमा पठनपाठन गर्न पाउने भएकोले बिध्यार्थी तथा अबिभाबकहरू खुसी भएको बिध्यालय व्यवस्थापन समितिका अध्यक्षले जानकारी दिनुभयो । अब भने हाम्रो सामु बिध्यालय अनुसारको स्थायी शिक्षक दरबन्दी थप तथा शिक्षक व्यवस्थापनको अर्कों चुनौती रहेको बताउनु हुंछ ।
