पछिल्लो २४ घण्टामा देशभर १३ सय ५१ जनामा कोरोना पुष्टि, ७ सय ४२ जना कोरोना मुक्त भइ घर फर्किए

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  429 पटक हेरिएको

काठमाडौँ , असोज १२ । 

पछिल्लो २४ घण्टामा देशभर १३ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । आज गरिएको १० हजार ८० ओटा नमुनाको परिक्षणमा सोमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

आज १३ सय ५१ जनामा कोरोना पुष्टि भएसंगै देशभरबाट ७४ हजार ७ सय ४५ जना संक्रमित भएका छन् ।

यस्तै सोमबार ७ सय ४२ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
मन्त्रालयका अनुसार आज ७ सय ४२ जना निको भएसंगै कुल निको हुनेहरुको संख्या ५४ हजार ६ सय ४० पुगेको छ ।

मन्त्रालयको अनुसार कुल कोरोना संक्रमित मध्य ७३.१ प्रतिशत कोरोना मुक्त भएका छन् । यस्तै हाल देशभर १९ हजार ६ सय २४ सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार