चितवनमा यसरी निर्घात कुटिए ज्ञानेन्द्र शाही

प्रकाशित:  1162 पटक हेरिएको

चितवन असोज ,११ ।आफूलाई भ्र’ष्टाचार विरो’धी अभि’यन्ता भन्दै हिँडिरहेका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाही चितवनमा कु’टिएका छन्। चितवनको चौबिसकोठीमा गर्न लागिएको कार्यक्रममा सहभागी हुन त्यहाँ स्थित ग्लोबल होटेलबाट बाहिरिने क्रममा उनीमाथि युवा विद्यार्थीले कु’टपि’ट गरेका हुन्। कु’टपि’ट बाट शाहीको टाउको, खुट्टा र शरीरका अन्य भागमा चो’ट लागेको प्रहरीले जनाएको छ ।

बा ३ ख ४५ नम्बरको माइक्रोबसमा चढेर बाहिरिने क्रममा रहेका उनीमाथि कु’टपि’ट गरिएपछि प्रहरीले उद्धार गरेर उप’चारका लागि चितवन मेडिकल कलेजमा पुर्याएको छ।  शाहीका समर्थकहरूले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुबाट कु’टपि’ट भएको दाबी गरेका छन्। शाहीको टाउकोमा चो’ट लागेपछि चितवन मेडिकल कलेज भरतपुरमा सिटीस्क्यान भइरहेको अस्पतालले जनाएको छ। नेकपा कार्यकर्ताले कु’टपि’ट गर्दा अन्य दुईजना पनि घा’इते भएका छन् । उनीहरुको पनि चितवन मेठिकल कलेजमै उप’चार भइरहेको छ।

नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथोलिदिएका छन्। विद्यार्थीहरूले नाराबा’जी गरेपछि त्यहाँ केहीबेर तना’व भएको थियो । नेपागञ्जबाट संघीय राजधानी फर्किने क्रममा जहाज डिले गराएको भन्दै शाहीले पर्यटनमन्त्री योगेश भट्टराईमाथि जथाभावी गालीसहित हा’तपात प्रयास गरेका थिए। त्यसपछि उनको कार्यशैलीको विरो’ध भएको थियो। त्यस घ’टनाबारे ललितपुरको पुल्चोकमा गरिएको पत्रकार सम्मेलन हलमै शाहीमाथि कु’टपि’ट प्रयास भएको थियो। त्यहाँ पनि प्रहरीले जोगाउनु परेको थियो। त्यसपछि प्रहरीले एक रात हिरा’सतमा राखेर अबदेखि अभ’द्र व्यवहार नगर्ने शर्तमा शाहीलाई प्रहरीले रि’हा गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार