पुनःनिर्माणका पूर्व ईन्जिनियर बिनोद नेपालको अमेरिकामा निधन

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  797 पटक हेरिएको

बाटोन, अमेरिका सेप्टेम्बर २८ । राष्ट्रिय पुननिर्माण प्राधिकरण , निजि आवास पुनर्निर्माण आयोजना , केन्द्रिय आयोजना कार्यान्वयन इकाईमा लामो समय भूकम्प ईन्जिनीयरको रुपमा काम गरेका ईन्जिनियर बिनोद नेपालको अमेरिकाको बाटोन रग लोउईसियनामा बाटो क्रस गर्ने क्रममा गाडिको ठक्करबाट घाईते भएका थिए ।

घाईते भएका ई. बिनोद नेपालको उपचारको क्रममा सेप्टेम्बर २६ तारिक हस्पिटलमा निधन भएको नेपाली बिद्यार्थी समाज (एलयसयू)ले जनाएको छ । सडक दुर्घटनामा सख्त घाईते भएका ई. बिनोद नेपालको उपचारको लागि रकम अभावका कारण नेपाली बिद्यार्थी समाजका राजन ढकाल लगायतले गो फण्ड मि मार्फत सबैसामु सहयोगको लागि अनुरोध गरेको थिए । अमेरिका स्थित बाटोनको Louisiana State University मा सिभिल ईन्जनियरमा मास्टर गरिरहेका ई.बिनोद नेपालको दुर्घटनामा परी मृत्यु भएको हो ।

सहयोगको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

https://www.gofundme.com/f/support-for-binod-nepals-family

नेपालको २०७२ बैशाख १२ गतेको महाभूकम्पबाट क्षत बिक्षत नेपालीरुको निजि आवास पुनर्निर्माणमा ईन्जिनीयरको रुपमा कार्यरत ई. बिनोद नेपाल एक महिना अगाडी मात्र बिद्यार्थी भिसाको माध्यमबाट अमेरिका गएका थिए । पूर्ण स्कलरसिप पाई अध्ययनको सिलसिलामा अमेरिकाको बाटोन पुगेका ई.बिनोद नेपाल यहि सेप्टेम्बर २३ तारिक दुर्घटनामा परेका थिए । ई.बिनोद नेपाल प्रति भिजन अनलाईन न्यूज परिवार हार्दिक श्रद्धाञ्जलि ब्यक्त गर्दै स्वक सन्तप्त परिवाप्रति हार्दिक समबेदना प्रकट गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार