एनआरएनए जापानमा फेरि बिबाद बढ्यो, लेटरप्याड दुरुपयोगको आरोप सहित कारबाहीको माग

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  146 पटक हेरिएको

जापान, असोज ११ । 

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिको निर्वाचनबाट सृजित समस्या हालसम्म पनि निराकरण हुन सकेको छैन । एक पछि अर्को बिबाद बढिरहेको अबस्थामा निवर्तमान कार्यसमिति र बर्तमान कार्यसमिति बिच पत्र युद्ध हाल पनि जारी रहेको छ । एनआरएनए जापान भित्र पुनः आर्थिक अनियमितता, खाताको पैसा हिनामिनाको आरोप लाउदै कार्यसमितिले प्रेस बिज्ञप्ति निकाले पछि बिबाद पुन बढेको छ । निवर्तमान कार्यसमितिका कोषाध्यक्ष कालिका थापाले एनआरएनए जापानको खाताको पैसा हिनामिना गरेको भन्ने समाचार नेपाल न्युज पोष्टबाट सार्वजनिक भएपछि एसले पुन जापानमा तरन्ग पैदा गरेको छ । उता निवर्तमान कार्यसमितिका कोषध्यक्ष कालिका थापाले भने खाताको पैसा हिनामिना नभई एउटा खाताबाट अर्को खातामा रकमान्तर मात्र गरेको जनाएको छ । उक्त बिषयमा असन्तुष्ट पक्षले एक बिज्ञप्ति निकाल्दै आईसिसि अध्यक्ष कुमार पन्तलाई पत्र लेखेको छ ।

असन्तुष्ट पक्षद्धारा जारी पत्र जस्ताको तस्तै तल साभार गरेका छौँ । उपरोक्त सम्बन्धमा हिजो मिति २०२१(०९(२५ मा एनआरएन जापानको खाताबाट किरब २ करोड ५० लाख गायब खातामा बचत ४७० यने मात्र भनि भ्रामक समाचार निकाली जापानबासी नेपालीहरु मात्रै नभएर संसार भर एनआरएनए प्रति आस्था र बिश्वास राख्ने नेपालीहरु प्रति सस्थाको छबि धमिल्याउने हुमरत गरेको निराधार समाचार दिने समाजिक कलकं र नेपालन्यजू पोस्टका पत्रकारको हरकर्त प्रति निबर्तमान कोषाध्यक्ष कालिका थापा सह कोषाध्यक्ष सिचन श्रेष्ठ र संस्था सुढीकरणको लागि निरन्तर लागि परेका सम्पणू र् उम्मेद्वार गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउदछौ ।

बिभिन्न आरोह अबरोह बीच एनआरएन जापानको अनलाइन निर्वाचन जुलाई ३० मा सम्पन्न त भयो तर यसले एनआरएनए को र्इतिहासमै कालो दिनको रुपमा दर्ज हुने सम्भावना बढाउदै गएको छ । सामान्यतया निर्वाचनमा हारजित भएपिछ पराजित पक्षले धाधली भयो भनरे असन्तुष्टी जनाउने प्रचलन जस्तो नै भएको पाइन्छ, तर यो पटक भएको एनआरएनए जापानको अनलाइन भोटिङ्ग प्रकृया मतदाताहरुको अधिकार हनन गरी प्रबिधिको चरम दरुुपयोग गरेर भएको कुरा ससांर भर रहेका नेपालीहरुले जानकारी पाइसकेका छन । ख्भलमयच, क्ष्ऋऋ क्ष्त् बमmष्ल, व्बउबल ल्ऋऋ ब्मmष्ल अन्य केहि ब्यक्तिहरुले यो जालझेलको काम गरेको हो भनरे संसारब्यापि बिरोध गरी रहेको अवस्था छ ,गलत गछर्न, गलत चाहना राख्छन भनेर नै तपाई र हामीले साचो,सत्य र गलतलाई परिवर्तन गर्न समाजसेवामा लागि रहनुपरेको हो, गलत भएमा गल्ति स्वीकार गरि सच्याउन सक्नु र सच्चिएर जान सक्नु ससांरकै महान काम हो,संस्थामा हुने गलत प्रबृतिलाई सच्चाएर स्वतस्फुत रुपमा संस्था बनाउनु पनि तपाई हामी सबैको उत्तरदायित्व र परम कर्तब्य हो।

निरन्तर संस्थामा गलत प्रबृति र कुसंस्कार भित्राएर नेपाली बिचको भाइचारा लार्इ खलबल गरि आफ्नो स्वार्थ पुर्ति गर्न उद्दत तत्वहरुको कारणले संस्थामा रहेका वा अहिले बजारमा भनिएको कथित सिमित भित्र बाध्यताबस रहेका केहि इमान्दार ब्यक्तिहरुलाई पनि निल्नु न ओकल्नुको पिरिस्थित भएको सबैले महशसु गर्दै आएको अवस्था छ।आफ्नो पजंीकृत सदस्यहरुको विवरण विना अनुमति चोर्नेहरु र निष्पक्ष निर्वाचन हुन नसकेको कुरा छानिबन टोलीले नै पुस्टि गरिसकेको अवस्थामा आइसीसी अध्यक्ष कुमार पन्तको टोलीले कारबाही गर्ने तर्फ कुनै पनि चासो नदेखाउनुको साथै जापानबाट प्रतिनिधित्त्व गरेका जिम्मेवार पदाधिकारीहरुको पनि गैरजिम्मेवारी भूमिका देखिएकोले संसारभरको नेपालीहरु यो अभियान प्रति नै निराश हुदै गएको हामीले महशसु गरेका छौ।

साथै प्रमाणत पुसस्ट भइसकेको जापानको निर्वाचन र एक अनलाइन अन्तरबार्तामा संस्थाका महासिचब हेमराज शर्माले पनि जापानको चुनाबमा गलत भएको स्वीकारेको अवस्था हुदा हुदै पनि जापानको पुन निर्वाचन गराउदा एनआरएनएको आउदो अक्टोबरमा तय गरिएको निर्वाचनलाइ असर पर्छ भन्ने कुण्ठित सोचले यो गम्भीर अपराधलाई कुल्चिएर अगाडी बढ्ने दुतसहास गरिरहेको कुरा प्रति पनि हाम्रो गम्भीर आपत्ति छ। कारबाही नगरेको जस्ता आरोप सहित हालको कार्यसमितिलाई कारबाही सहितको माग गर्दै आईसिसि अध्यक्ष कुमार पन्तलाई पत्र पठाएको छ । एनआरएनए एनसिसि हुदै शुरु भएको बिबाद परराष्ट्र मन्त्रालयसम्म पुगेको छ । हाल परराष्ट्र मन्त्रालयले पनि सो बिषयमा छानबिन गरिरहेको अबस्था छ । तर पररष्ट्र मन्त्रालयबाट हालसम्म पनि कुनै पनि प्रतिक्रिया नआउदा आगामी महिनाको लागि भनेर तय भएको आईसिसि महाधिबेशनको निश्चितता माथि भने प्रश्न उठेको छ ।

आईसिसि अध्यक्ष कुमार पन्तलाई पठाएको पत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार