जापानको गुन्मा केनमा नेपाल फेस्टिबल आजबाट भव्य रुपमा शुरुहुदै

Nepal Festival Gunma 2019

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  1267 पटक हेरिएको

गुन्मा जापान, सेप्टेम्बर २८ । जापानमा लगभग ८० हजार नेपालीहरुको बसोबास रहेको छ । जापानको विभिन्न केनमा बसोबास गर्दै आएका नपालीहरुले नेपाली भाषा संस्कृतिहरुको प्रचारप्रसार गर्न कुनै कसर बाँकी राखेको छैन। हालसम्म जापानमा रहेर नेपाली कला संस्कृति जापनिजहरु माझ प्रचारप्रसार गरि नेपालको पर्यटन प्रबद्धन गर्ने उद्येश्यले हालसम्म जापानको विभिन्न केनमा नेपाल फेस्टिबल आयोजना गर्दै आईरहेको छ ।

यसै सन्दर्भमा जापानको गुन्मा केनमा पनि नेपालीहरुको साझा संगठन नेपाली साझा समाज नामक संस्थाले नेपाल फेस्टिबल आयोजना गर्दैछ । आज १० बजेबाट शुरु हुने नेपाल फेस्टिबल आज र भोलिसम्म चल्ने आयोजक कमिटिले जानकारी गराएको छ । बौद्धनाथ मन्दिरको बुद्धको आँखाले चिहाईरहेको कलात्मक सजावट सहित बाटुले घरको कला अनि मौलिक नेपाली बाजागाजा सहितको झाँकी र नेपाली लोकभाकाको गुन्जाएमानसंगै आज पहिलो दिन नेपाल फेस्टिबल गुन्मा २०१९ सुरु हुदैछ । नेपाली साझा समाजद्धारा आयोजित नेपाल फेस्टिबलको समपूण तयारी पनि पुरा भएको आयोजक कमिटिले जानकारी गराएको छ।

आयोजक नेपाली समाझलाई यहाँको जापान सरकारको स्थानिय निकायल पनि सहआयोजकको रुपमा प्रचारप्रसार गरि सहयोगसँगै फेस्टिबलमा महत्वपूर्ण उपस्थिति जनाउदैछ । जापानको गुन्मा केनमा हुन लागको पहिलो नेपाल फेस्टिबल २०१९ भव्य रुपमा सफल पार्न गुन्मा केन क्षेत्रमा बसोबास गर्ने नेपालीहरु सहित जापानका विभिन्न भागमा बसोबास गर्ने नेपाली विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति हुने आयोजक कमिटिले जानकारी गराउनु भयो ।

नेपाल भ्रमणबर्ष २०२० को प्रचारप्रसार सहित नेपालको कला, संस्कृती एवम भेषभुषालाई जापनिज नागरिक माझ चिनाउने उद्येश्य सहित आयोजना गरिएको नेपाल फेस्टिबलको यहाँको ओईजुमी नगरपालिका सह–आयोजकको भूमिकामा रहेको छ । आईजिमि माचीका मेयर मुरायामा तोसिआकी स्वयम प्रमुख अतिथिको रुपमा उक्त फेस्टिबलमा सहभागी हुने र ओईजुमी प्रहरी प्रमुख सहित यहाँका सांसदको समेत उपस्थिति हुने आयोजक कमिटिले जानकारी गराउनु भयो । आज र भोलि हुने उक्त कार्यक्रम सफल बनाउन आसा कल्चर एकेडमी म्यूजिक ब्याण्ड जापानका कलाकारहरु सहित नेपाली चर्चित कलाकार गायक सुर्य खड्का, भरत सुनुवार, खड्क पुन, बिनोद गुरुङ्ग, दिनेश पुन, कुशल न्यौपाने लगायतका चर्चित कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने आयोजक कमिटिले जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार