अमेरिका सेप्टेम्बर, २६ । अमेरिकाको न्यूयोर्क शहरमा UN द्वारा आयोजित UN को ३० औ महाधिवेशन तथा बिश्व सम्मेलन चलिरहेको छ । बिश्वको बिभिन्न देश भित्र रहेका विविध विषयमा रहेर छलफल चलिरकेको छ । नेपालबाट पनी परराष्ट्र मन्त्रि प्रदिप ज्ञवालीको नेतृत्वमा एक प्रतिनिधि मण्डल उक्त सम्मेलनमा सहभागी भईरहेका छन । बिश्वको परराष्ट्र मन्त्रिहरूको सहभागितामा आयोजित उक्त सम्मेलनमा बिभिन्न ग्रुप विभाजन गरी छलफल चलिरहेको र राष्ट्रको मानवीय स्थिति, भौगोलिक तथा बाताबरणिय अवस्था र विकासको बारेमा परराष्ट्र मन्त्रि माननीय प्रदीप ज्ञवालीले उक्त सम्मेलनमा जानकारी गराएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
उक्त सम्मेलनमा अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्रि ज्ञवालीले बिभिन्न देशका परराष्ट्र मन्त्रिहरूसंग छुट्टछुट्टै दुई पक्षीय भेटघाट गरी अन्तराष्ट्रीय सम्बन्ध सुदृढ़ सम्बन्धि कुरा भएको पनी परराष्ट्र मन्त्रालय स्रोतले जानकारी गराएको छ ।
यस्तै नेपालका परराष्ट्र मन्त्रि ज्ञवाली र घानाका परराष्ट्र मन्त्रि मिस शिर्लेय अयोरकोर बोट्चवेय बीच दुईदेशिय सम्बन्ध बिस्तार सम्बन्धि पत्रमा हस्तक्षर गरेका छन । यो संगै नेपालले १६८ देशसंग दुईदेशिय अन्तराष्ट्रीय डिप्लोम्याटिक सम्बन्ध बिस्तार गर्न सफल भएको परराष्ट्र मन्त्रालयले ट्वीट गरेका छन ।