युक्रेनमा प्लेन दुर्घटनामा परी २२ जनाको निधन, उद्धारकार्य जारी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  446 पटक हेरिएको

एजेन्सी, असोज १० ।  

युक्रेनमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने दुइ जनाको अवस्था गम्भीर रहेको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो ।

रुसी आपत्कालीन मन्त्रालयका अधिकारीले विमानमा २८ जना रहेको बताएका छन् । दुर्घटनापछि विमानमा आगो लागेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन ।

दुर्घटनामा परि चार जना बेपत्ता भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार