
काठमाण्डौ असोज,९। नेपाल आइडल सिजन– २ का विजेता रवि ओडको नयाँ गीत ‘ पिलाएर नशा’ सार्वजनिक गरिएको छ । रविले गाएको यो गीतलाई गायक अर्जुन पौडेलले लेखेका हुन् साथै गीतमा उनकै संगीत रहेको छ । केही समय अघी मात्र रिलिज भएको पौडेलको गीत ”बबाल” ले छोटो समयमै चर्चा कमाएको थियो।

भिडियोमा चर्चित नायिका तथा मोडल बर्षा राउत र रन्जित पौडेलले अभिनय रहेको छ भने भिडियो निर्देशन चर्चित निर्देशक निकेश खड्काले गरेका हुन । भिडियोमा बुद्द थापाको छायांकन , बिकास दाहालको सम्पादन, समरा लामाको मेकअप र कोरियोग्राफी भने सुबोल थापाको रहेको छ । भिडियोमा नायिका बर्षा राउतलाई गाँउले, बोल्न नसक्ने सिधा केटीको पात्रको रुपमा देख्न सकिन्छ । मायामा परेका बर्षा राउतलाई ब्वाइफ्रेन्डले ईशाराले अभिनय गर्न सिकाईरहेको देख्न सकिन्छ ।

भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोला ।
