राष्ट्रिय नवदुर्गा सम्मान तथा सास्कृतिक कार्यक्रम राष्ट्रिय नाचघरमा

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  1563 पटक हेरिएको

काठमाण्डौं असोज, ९ । काठमाण्डौँको जमल स्थित राष्ट्रिय नाचघरमा यहि असोज १३ गते राष्ट्रिय नवदुर्गा सम्मान तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । चलचित्र कलाकार संघकी बरिष्ठ उपाध्यक्ष तथा चर्चित नायिका रेजिना उप्रेतीको रेजिना फिलिम्स् प्रा.लि र शहिद फिलिम्स प्रा.लि.को संयुक्त आयोजनामा रक्षा नपालको सहयोगार्थ उक्त सम्मान कार्यक्रम हुन लागेको नायिका रेजिना उप्रेतीले भिजन अनलाईन न्यूजलाई जानकारी दिनु भयो ।

आउदैँ गरेको दशैलाइ मध्यनजर गर्दै शुभकामना आदानप्रदान, विभिन्न सांस्कृतिक कार्यक्रम तथा कलाकारहरुलाई सम्मान गर्ने उद्येश्यले आयोजना गएिको उक्त कार्यक्रममा नेपाल सरकारका माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आथित्यमा समुद्घाटन हुने पनि बताउनु भयो । कार्यक्रम भने यहि आउदो असोज १३ गते दिनको २ः३० बजे राष्ट्रिय नाचघर जमलमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार