काठमाडौं असोज, ८। कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको पुष्टि भएको छ ।
सुरुमा चोरी भएको रकम डेढ करोड भनिएको थियो । तर बैंकका उपप्रबन्धक दीर्घ अर्यालले ४ करोड ३७ लाख रकम निकालिएको पुष्टि गरे । ‘यो सबै रकम शाखाको ब्याज आम्दानी हो’ उनले भने ।
केही महिना अघि मात्र नेपालको विभिन्न एटिएमबाट सरबर ह्याक गरी भाईरस याट्याक गरी करडौको रकम निकालिएको थियो । सो समयमा चाईनिज ह्याकरहरुलाई समातिएको र रकम फिर्ता लिन प्रहरी र अनुसन्धान कर्त सफल भएका थिए । नेपाली बैंकहरुमा लगातार ह्याकरहरुले सरबर ह्याक गरी करडौ रकम निकाली रहेको अवथामा बैकमा सेवाग्राहीहरुको रकमको सुरक्षा माथि नै प्रश्न चिन्न उठेको छ । विश्व प्रविधिको विकास संगै त्यसबाट उत्पन्न बिकृति र सुरक्षामा समेत चुनौती थपिएको छ ।