जापान, असोज ९ ।
गैर आवासीय नेपाली दिवस (NRNA Day) को पावन अवसरमा गैर आवासीय नेपाली संघ, जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको आयोजनामा एनआरएनएको महत्व र हाम्रो भूमिकाू बिषयक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । एनआरएन जापान क्युस्यु क्षेत्रिय कार्यसमितिले एक बिज्ञप्ति तथा पोष्ट सार्वजनिक गर्दै उक्त कार्यक्रम गर्न लागेको जानकारी गराएको हो । एनआरएनए क्युस्युले भनेको छ गैर आवासीय नेपाली दिवस (NRNA Day) गैर आवासीय नेपालीहरुको एउटा बिशेष दिन हो।
नेपाल सरकारले सार्क राष्ट्र बाहेकका अन्य बिदेशी मुलुकहरुमा बसोबास गर्ने नेपालीहरुलाई गैर आवासीय नेपाली(एनआरएन) परिभाषित गर्दै उनीहरुको हक, हित र अधिकारको सुनिश्चित एवं नेपाल सँग जोड्ने माध्यम बनाउन धेरै कार्य हरु गर्दै आइरहेको कुरा अवगत नै छ। यसलाई मध्यनजर गर्दै हरेक वर्ष असोज २५ गते (यस वर्ष अक्टोबर ११ तारिख परेको छ ) गैर आवासीय नेपाली दिवस (NRNA Day) घोषणा गरेको छ।
एनआरएनए को स्थापना भएको १८ वर्ष पुरा गर्न लाग्न लाग्दै गर्दा यस संस्थाले स्थापना कालमा परिकल्पना गरेको अवधारणा र आजको दिनमा भईरहेको यसको कार्य योजना बारे एनआरएनएका संस्थापक देखि हालका नेतृत्व एवं एनआरएनए सँग सम्बन्धित व्यक्तित्वहरु सँग बिशेष अन्तरक्रिया हुने कार्यक्रम रहेको छ। कार्यक्रममा प्रमुख वक्ताको रुपमा गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष आदरणीय देवमान हिराचन ज्युलाई आमन्त्रण गरेका छौ।
के एनआरएनएले स्थापना कालमा परिकल्पना गरिएको एनआरएनएको मर्म बमोजिम कार्य गरेको छ त रु अब यसको सुधार गर्नुपर्ने कुराहरु के के छन् रु जस्ता बिषयमा बक्ताहरुले आफ्नो भनाइ राख्नु हुनेछ। विश्वको ८० वटा भन्दा बढी देशमा “नेपालीको लागी नेपाली “ भन्ने मुल नारा बोकेर फैलिएको एनआरएनए अहिले विभिन्न बिवादहरुमा मुछीएको कुराहरु पनी समाचारमा आइरहेका छन्। एनआरएनएमा भएका बिकृती, बिसंगती न्यूनीकरणको निमित्त के(कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने विषयहरुमा पनि कार्यक्रममा बहस हुने जानकारी गराउँदछौ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ, जापान क्युस्यु क्षेत्रीय कार्यसमितिले आयोजना गरेको जापान ब्यापी निबन्ध प्रतियोगितामा प्राप्त भएका निबन्धहरु संकलन गरी तयार गरिएको ूमैले चिनेको र चाहेको एनआरएनए निबन्ध संग्रह ू पुस्तिका पनि बिमोचन गर्ने योजना रहेकोछ।
अनलाइनको माध्यमबाट हुने यस कार्यक्रम अक्टोबर ११ तारिख साँझ ७ बजे देखि जूम मार्फत संचालन हुने जनाएको छ । उक्त कार्यक्रमको जापानमा रहेका विभिन्न मिडियाहरुले प्रत्यक्ष प्रसारण गरिने भएको छ । जापानको फुकुओकाबाट संचालन भईरहेको भिजन अनलाईन न्युजका संचालक सन्तमान शाक्य ज्युले जापानबाट संचालित मिडियाहरुको संयोजन गरी मिडिया संयोजकको रुपमा ब्यबस्थापन गर्ने पनि जानकारी गराउनु भयो । उक्त कार्यक्रममा जुमको माध्यमबाट सम्पूर्ण जापानबासी नेपालीहरुलाई कार्यक्रममा सहभागिताको लागि पनि एनआरएनए जापान क्युस्यु क्षेत्रिय कार्यसमितिले अपिल गरेका छन ।