दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ९ जनाविरुद्ध ९ वर्ष कैदको माग गर्दै भ्रष्टाचार मुद्दा

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  977 पटक हेरिएको

काठमांडौ असोज, दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिमिल्सिनासहित ९ जनाविरुद्ध ९ वर्ष कैदको माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । दूधको मूल्य अस्वाविक रुपमा बढाउने दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय, लैनचौरका तत्कालीन महाप्रबन्धक गंगा तिमसिनासमेत गरी ९ जना बिरूद्ध पौने ४७ लाख विगोसहित ९ वर्षको कैद दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

साथै, तत्कालीन निमित्त उपमहाप्रबन्धक डा. ईश्वरीप्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधव प्रसाद ओझा, तत्कालीन वरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालीन प्रशासकीय अधिकृत हाल दुग्ध विकास संस्थानका प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दिपक सुवेदीलाई पनि रू ४६ लाख ७९ हजार विगो मागदाबी गरी प्रतिवादी बनाइएको छ।

त्यस्तै, दूध डिष्ट्रिब्युटर संचालक गोकुल निर्माण सेवाका गोकुल फुयाँलसँग रू २२ लाख १९ हजार ६६८, र रू २४ लाख ५९ हजार ५१४ विगो कायम गरी प्रभु आदित्य बिजनेश प्रालिका संचालकद्वय फणिन्द्रप्रसाद दाहाल, दिपबहादुर खड्काबिरूद्ध अख्तियारले मुद्दा हालेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार