माधव नेपाल र मातृका यादव दुबैलाई कारबाही गर्न प्रदेश कमिटीको सिफारिस

Political News

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  677 पटक हेरिएको

काठमाडौं असोज, ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को कमिटीले बर्दिबास घटनामा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य मातृका यादवको संलग्नता रहेको ठहर गरेको छ । साथै दुबै नेतामाथि थप छानविन गरेर कारबाही गर्न सिफारिस गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएको छ । सहसंयोजकद्वय नागेन्द्र चौधरी र महेन्द्र पासवानलाई जिम्मेवारी मुक्त गर्न र केन्द्रीय सदस्यहरु गोपाल ठाकुर, जगत यादवमाथि कारबाही गर्न माग गरिएको छ ।

रामचन्द्र झा, श्रीप्रसाद साह, शत्रुघन महतोहरुलाई नसियत दिन सिफारिस गरिएको छ । २४ भदौमा सिरहा र सप्तरीको जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा हुलदंगा गर्दै तोडफोड गरिएको थियो । यो लगायतका घटनाबारे प्रदेश कमिटीका इञ्चार्ज, सहइन्चार्ज तथा अध्यक्ष र सचिवले मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका छन् ।

यसअघि प्रदेश कमिटीका चार पदाधिकारीलाई कारबाही गर्न माग गर्दै सहसंयोजकद्धय नागेन्द्र चौधरी, महेन्द्र पासवान लगायतका १९ केन्द्रीय सदस्यले अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई नै ज्ञापन पत्र बुझाएका थिए ।

माधव नेपाल र मात्रिका यादव पनि दोषी

प्रदेश २ कमिटीले प्रदेशमा देखिएको विवाद बर्दिबास घटनासम्म आइपुग्नुमा पार्टीका वरिष्ठ नेता नेपाल र मन्त्री समेत रहेका नेता यादवलाई समेत दोषी ठहर्‍याएको छ । ‘कुटपिट गर्नुस्, कुर्सी तोडफोड नजै गर्नुस् भनेर त उहाँहरुले निर्देशन दिनु भएको थिएन होला’ एक पदाधिकारीले भने, ‘तर सपथ कार्यक्रममा विरोध गर्ने, विथोल्ने उनीहरुकै निर्देशनमा भएको हो ।’

प्रतिवेदनमा माधव नेपालमाथि प्रदेश २ को लेखा समितिको सभापतिमा बागी उम्मेदवार उठाएको, रौतहटको आमसभामा सहभागी नभएको विषयमा समेत प्रश्न उठाइएको छ । लेखा समितिमा नेकपाको आधिकारिक उम्मेदवार संसदीय दलका नेता स्त्य नारायण मण्डलविरुद्ध शत्रुघन महतोले उम्मेदवारी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार