जापानमा एक महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक नेपाली पक्राउ

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  430 पटक हेरिएको

जापान, असोज ७ । 

जापानमा एक नेपाली युवकले महिलाको संवेदनसिल अंग जर्वजस्ती छोएको आरोपमा टोकियोबाट पक्राउ परेका छन । महिलाको संवेदनसिल अंग जर्वजस्ती छोएको आरोपमा टोकियोबाट सेप्टेम्बर २२ तारिख बुधवार पक्राउ परेका हुन ।

घर फर्कंदै गरेकी एक युवतीमाथि यौन अपराध गरेको आरोप अभियुक्त युवामाथि लगाइएको छ । रक्सीले मातेको अबस्थामा रहेका ३७ बर्षिय सुमन कुमार पौडेल पक्राउ परेको उल्लेख गरेको छ ।  महानगरिय प्रहरी परिषद टोकियोले पौडेललाई पक्राउ गरेको हो । पार्ट टाईम काम गर्दै आएको बताइएका पौडेल राजधानी टोकियोको सुगिनामी कु कोउएन्जीमा बस्दै आएको समाचारमा उल्लेख छ ।

‘रक्सिले मातेको अवस्थामा भएकाले मलाई केही सम्झना छैन’ अभियुक्त पौडेलले आरोपबारे प्रहरीलाई बयानमा भनेका छन । घटना अगष्ट २८ तारिख साँझ ६:४० मिनेटको समयमा ताईतो वार्डमा भएको हो । अभियुक्त नेपाली युवाले महिलालाई ८० मिटर पिछा गरि संवेदनशिल अंग छोई दुर्व्यवहार गरेको दाबी प्रहरीलाई उदृत गर्दै समाचारमा उल्लेख छ ।

उक्त घटनाको सम्वन्धमा सत्यतथ्य के हो भन्ने बारे प्रहरीले थप  अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार