जापान, असोज ६ ।
कोभिड १९ महामारीका कारण लामो समय नेपालमा रोकिएका नेपाली, बिध्यार्थी, कामदार भिषा र व्यावसायिक भिषाको लागि COE लिगेर बसेका नेपालीहरूको लागि खूसीको खबर सार्वजनिक भएको छ । कोरोना महामारी नियंत्रणको लागि जापान सरकारले लगाएको रोकलाई हटाउदई जापान प्रवेशको लागि भिषा अप्रुबलको लागि पुन: आवेदन लिन सुरु गरेको छ । नेपालस्थित जापानी राजदूतावासको भिषा सम्वन्धि सम्पूर्ण प्रक्रिया गर्ने आधिकारिक भिएफएसले भिषा आवेदन लिन सुरु गरेको हो ।
कोभिड १९ महामारीका कारण सिमा नियन्त्रण उपाय अन्तर्गत विदेशी प्रवेशमा रोक लगाएसँगै नयाँ भिषा जारी रोकेपछि भिएफएसले जापानको लागि भिषा आवेदन स्थगित गरेको थियो । सेप्टेम्बर २० तारिख जारी भिएफएसको सूचना अनुसार जापान प्रवेश योग्यता प्रमाणपत्र (सिओई) आएका व्यक्तिहरुको भिषा आवेदन गर्न सकिनेछ ।
यसको लागि हाल केवल १,५८४ नम्वर उल्लेख भएका सिओई वाहकले मात्र भिषाको लागि आवेदन गर्न सक्नेछन् । यस बाहेकको सिओई नम्वर उल्लेख भएकाहरुको हकमा भने भिएफएसले कहिले भिषा आवेदन खुल्ने केही उल्लेख गरेको छैन । सिओईमा १,५८४ नम्वर उल्लेख भएकाहरुले सेप्टेम्बर २२ तारिख बुधवारबाट अप्पोईन्टमेन्ट लिन सक्नेछन् ।
उल्लेखित सिओई नम्वर भएका व्यक्तिहरुले काठमाडौं ठमेल छायाँ कम्प्लेक्समा रहेको भिएफएसको कार्यालयमा गएर भिषा आवेदन प्रक्रिया अगाडी बढाउनु पर्ने छ । जापानको पहिलो पटक भिषा बोकेर बसेका विद्यार्थी, वर्किगं तथा व्यावसायिक भिषा बाहकहरु एक बर्ष भन्दा बढी समयदेखि नेपालमा रोकिएर बसेका छन् ।
रोगजार, व्यावसायिक, पारिवारिक भिषा वा प्रवेश अनुमति पत्र सिओई पाएर जापान प्रवेशको पर्खाइमा ५ हजार बढी नेपाली छन् ।