नेकपा सचिवालय बैठक अगावै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै, सचिवालय बैठक दिउँसो बस्ने भएको छ

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  47 पटक हेरिएको

काठमाडौँ , असोज ६ ।

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठकबस्नु अघि मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषदको बैठक साढे नौ बजे बालुवटारमा बस्ने तय भएको एक मन्त्रीले जानकारी दिए । सोमबार बस्नुपर्ने नियमित क्याबिनेट बैठक बसेको थिएन । त्यसैले आजको मन्त्रिपरिषद् बैठक नियमित भएको उक्त मन्त्रीको भनाइ रहेको छ ।

आजको बैठकमा कोभिड १९ लगायत अन्य नियमित प्रकृयाका बारेमा छलफल हुने मन्त्रीले बताए । यद्यपी नेकपाको सचिवालय बैठक पनि मंगलबार नै बस्दैछ । सचिवालय बैठक साढे १२ बजे बालुवाटारमा बस्ने तय भएको छ ।

आज हुने नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, एकताका बाँकी काम लगयतका बिषयका बारेमा छलफल गर्ने कार्यसूची रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार