ओली सरकारले नियुक्त गरेका सबै राजदूतलाई सरकारले फिर्ता बोलायो, जापानको भने निरन्तरता

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  516 पटक हेरिएको

काठमाडौं, असोज ५ ।

सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारको यो निर्णयसँगै भारतका लागि नीलाम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे, अमेरिकाका डा. युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मी, बंगलादेशका वंशीधर मिश्र, ओमानकी शर्मिला पराजुली, जापानकी प्रतिभा राणा, मलेसियाका उदयराज पाण्डे, इजरायलका अन्जान शाक्य, कतारका नारद भारद्वाज, स्पेनकी आङफुटि शेर्पा र दक्षिण अफ्रिका निर्मलकुमार बिक फिर्ता भएका छन् ।

यी राजदूतमध्ये जापानका लागि नेपाली राजदूत राणा र ओमानकी राजदूत पराजुलीबाहेक अरुलाई यसभन्दा अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । राणा र पराजुलीलाई भने २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले नै नियुक्त गरेको थियो । राणा प्रधानमन्त्री देउवाकी सासु हुन् ।

मन्त्रिपरिषद्ले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको छ ।

त्यस्तै कोभिड–१९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने र संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार