दशैंको अग्रिम टिकट बुकिङ भोलिबाट खुल्दै

दशै टिकट

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  505 पटक हेरिएको

काठमाडौं, असोज, ४। दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि भोलि आइतबारबाट बसको टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले टिकट बुकिङ सुरु गर्न लागिएको हो । आइतबारबाट लामो दूरीमा चल्ने बसको अगि्रम टिकट बुकिङ सुरु हुन लागेको हो । नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

आइतबारबाट कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगयतका स्थानमा अगि्रम बुकिङ सुरु हुनेछ । दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ । यसरी घर फर्किनेमा अधिकांश सार्वजनिक यातायातकै प्रयोग गर्नेहरु हुन्छन् ।

दशैमा उपत्यका छाड्ने यनत्रुको संख्या धेरै हुने भएकेले अगाबै टिकट बुकिङ्ग खुला गरिएको याताउात व्यवसायीले जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार