काठमाडौँ , असोज ५ ।
गएको २४ घण्टामा देशभर ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ११ सय ५४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ११ सय ५४ जना नयाँ संक्रमित थपिए संगै देशभर ६५ हजार २ सय ७६ संक्रमित पुगेका छन् । मन्त्रालयका अनुसार हाल ७ हजार ४ सय ३ जना क्वारेन्टाइनमा बसेका छन् ।
यसैगरी संस्थागत आइसोलेसनमा ८९ सय २१ जना रहेका छन् । आज ९ हजार ५ सय ३३ नमुना परिक्षरण गरिएकोमा ११ सय ५४ जनामा कोरोना पुष्टि भएको हो ।
गएको २४ घण्टामा देशभरबाट १ हजार ५ जना डिस्चार्ज भएका छन् । आज १ हजार ५ जना निको भए संग्ै हाल सम्म ४७ हजार २ सय ३८ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार हाल १७ हजार ६ सय ११ सक्रिय संक्रमित रहेका छन् ।